हिरो मोटरसाइकल र स्कुटरमा अव कारमा जस्तै सेफ्टि फिचर उपलब्ध हुने

हिरो मोटोकर्पले आफ्ना मोटरसाइकल र स्कुटरका लागि उन्नत राइडर सहायता प्रणाली (एआरएएस) विकास गर्न भ्यालेओसँग साझेदारी गरेको छ । उक्त साझेदारीसंगै हिरो र भिडाका मोडलमा आधुनिक कारमा जस्तै अत्याधुनिक सुरक्षा प्रविधि प्रयोग हुने निश्चित भएको हो ।

हिरो मोटोकर्पले प्रयोगमा ल्याउन सो राइडर एसिस्टेन्स सिस्टमले राडार र स्मार्ट क्यामेरा प्रविधिहरू प्रयोग गरेर सुरक्षा बढाउने जनाइएको छ । यसको उद्देश्य दैनिक सवारीलाई सुरक्षित र सुविधाजनक बनाउनु हो ।

सो सिस्टमले शहरी ट्राफिक, मिश्रित सडक प्रयोग र कमजोर सडक प्रयोगकर्ताहरूको वास्तविकतालाई रियल टाइम सेन्सिङ र इन्टेलिजेन्ट अलर्टमार्फत सम्बोधन गर्दछ ।

राडारमा आधारित भ्यालेओको उक्त एआरएएस प्रणालमा फर्वार्ड कोलिजन वार्निङ, डिस्टेन्स वार्निङ, लेन चेन्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्शन र रियर कोलिजन वार्निङ जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

उच्च–रिजोल्युसन क्यामेराहरूमा आधारित भिजन सिस्टमले पैदल यात्री पत्ता लगाउने, लेन पत्ता लगाउने, ट्राफिक संकेत पहिचान गर्ने र लेन प्रस्थान चेतावनी सक्षम बनाउँने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको...

लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु...

ज्योतिको भनाइ : स्टाइलिङ, फिचर र कलर कम्बिनेसनले हिरोको बजारलाई एक कदम माथि उठाउने छ

ज्योतिको भनाइ : स्टाइलिङ, फिचर र कलर कम्बिनेसनले हिरोको बजारलाई एक कदम माथि उठाउने छ

नेपाली बजारमा गत बिहीबार नयाँ हिरो माएस्ट्रो एज स्कुटर भित्रिएको छ । २ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...