काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११
काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...
अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ ।
यससँगै वार्षिक विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको छ ।
अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब चार लाख चौँतीस हजार सवारी उत्पादन गरेको थियो भने चार लाख अठार हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सोह्र प्रतिशतले कम हो ।
यसैबीच, चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब बाइस लाख सत्तावन्न हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब सत्ताइस दशमलव छ प्रतिशतले बढी हो । बीवाईडीका अनुसार चीनबाहिर एशिया, युरोप र ल्याटिन अमेरिकाजस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ ।
टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी हो र घरेलु विद्युतीय सवारी बजारको करिब पैँतालीस प्रतिशत हिस्सा ओगटेको छ । तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ ।
अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा चालीस प्रतिशतभन्दा बढीले घटेको थियो । उद्योग विश्लेषकहरूका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ । -सिन्ह्वा
काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
काठमाडौं – नेपाली बजारमा उपलब्ध एनआईयू इलेक्ट्रिक स्कुटरमा ४ वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...