फिचर थप भएको टिगोर इभी आज लन्च हुँदै, रेन्ज ९ किलोमिटर वढी पाइने

टाटा मोटर्सले आज टिगोेर इभीमा फिचर थप गरेर नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले हाल कारोवार भैरहेको टिगोर इभीमा फिचर थप गरेर एक्सटी र एक्सटी प्लस लक्जरी गरी कुल दुई नयाँ भेरियन्टलाई लन्च गर्न लागेको हो । यी नयाँ भेरियन्टले ३१५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ । हाल कारोबार भैरहेको टिगोर इभीले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी रहँदै आएको थियो ।

टाटाले पछिल्लो समय सार्वजनिक गरेको सस्तो र सानो इभी टियागोमा भन्दा पनि कम फिचर्स उपलब्ध भएपछि टिगोरमा फिचर थप गर्न लागिएको हो । फिचर्स थप भएपछि यो नयाँ भेरियन्ट नेक्सन इभीको वेस भेरियन्ट भन्दा पनि अत्याधुनिक हुनेछ । नयाँ भेरियन्टको मूल्य १३ लाख भारु हाराहारी पर्ने अनुमान लगाइएको छ ।

यो नयाँ भर्सनमा टाटा मोटर्सले क्रुज कन्ट्रोल समेत दिने जनाएको छ । जुन फिचर हाल उपलब्ध नेक्सन इभी प्राइममा समेत उपलब्ध रहेको छैन । क्रुज कन्ट्रोल वाहेक यसमा लेदर अपहलेस्ट्री, अटोमेटिक हेल्याम्प, रेन सेन्सिङ वाइपर र मल्टिपल रिजेनेरेशन मोड समेत थप हुनेछन् । साथै यसमा ७ इन्चको टचस्क्रिन र स्टेरिङ माउन्टेड कन्ट्रोल जस्ता फिचर्स समेत थप गरिनेछ ।

नेपाली बजारमा समेत उपलब्ध टिगोर इभीमा २६ किलोवाट आवर क्षमताको व्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०६ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यो इलेक्ट्रिक कम्प्याक्ट सेडानको पावर ७४.७ पिएस र टर्क १७० एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

एयोन ईभी ब्रान्डको कीर्तिमान, ४ वर्षमै १० लाख युनिट ईभीको बिक्री

एयोन ईभी ब्रान्डको कीर्तिमान, ४ वर्षमै १० लाख युनिट ईभीको बिक्री

जीएसी समूहले आफ्नो एयोन (AION) ब्रान्डको लागि उल्लेखनिय उपलब्धि हासिल गरेको छ...

२०० किमी रेन्ज सहित सुपर सोकोका दुई इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने, खुल्यो बुकिङ

२०० किमी रेन्ज सहित सुपर सोकोका दुई इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा दुई नयाँ स्पोर्टी मोटरसाइकल भित्रिने भएका छन् ।...

क्याबिन बिनाको अटोनोमस ट्रक सार्वजनिक

क्याबिन बिनाको अटोनोमस ट्रक सार्वजनिक

बेइजिङ अटो शो २०२६ मा चीनको एक कम्पनीले क्याबिन बिनाको अत्याधुनिक ट्रक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...