अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पठाओले गर्यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी...
काठमाडौँ–लामो समयदेखि विवादित बन्दै आएको इम्बोस्ड नम्बर प्लेटको शुल्क महँगो भएको सरकारी समितिले नै निष्कर्ष निकालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक अध्ययन समितिले नम्वर प्लेट अस्वाभाविक रूपमा महंगो भएको निष्कर्ष निकालेको हो ।
मन्त्रालयका सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा गठित समितिले अध्ययनपछि तयार पारेको प्रतिवेदनले इम्बोस्ड नम्बर प्लेटको मूल्य घटाउन सरकारलाई सुझाव दिएको छ ।
समितिका अनुसार, इम्बोस्ड नम्बर प्लेटको उत्पादन लागत प्रतिप्लेट १२ अमेरिकी डलर पर्न जान्छ । ठेक्का सम्झौताअनुसार आपूर्ति कम्पनीले प्रतिप्लेट १५.५ डलर पाउने गरी सम्झौता भएको थियो ।
उक्त मूल्य अहिलेको डलर भाउ अनुसार करिब २२ सय रुपैयाँ प्रतिप्लेट पर्न आउँछ । तर ठेक्का सम्झौता भएको समयको डलरको भाउ अहिलेको भन्दा सस्तो पर्न जान्छ ।
तर यातायात व्यवस्था विभागले दुईपांग्रे सवारीका लागि २ हजार ५०० रुपैयाँ तोकेको छ । तीनपांग्रेका लागि २ हजार ९०० रुपैयाँ, चारपांग्रेका लागि ३ हजार २०० रुपैयाँ र ठुला सवारीका लागि ३ हजार ६०० रुपैयाँ तोकेको छ ।
समितिले हालको मूल्य संरचना वैज्ञानिक नभएको निष्कर्ष निकाल्दै यसलाई घटाउन सुझाव समेत दिएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी...
काठमाडौं – सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर...
कहिलेकाहिं उकालो ठाउँमा पनि सवारीको स्टार्ट बन्द हुन सक्छ । यसरी बन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...