यामाहाले चुपचाप बन्द गर्यो आर३ र एमटी ०३ को बिक्री, यस्तो छ कारण

यामाहाले आफ्ना मध्यम साइजका लोकप्रिय मोटरसाइकल आर३ र एमटी०३ गोप्य रूपमा बिक्री बन्द गरेको खुलासा भएको छ । यामाहा मोटर इन्डियाको आधिकारिक वेबसाइटमा यी दुवै बाइकका लागि बुकिङ विन्डो अझै खुला देखिए पनि रिपोर्टमा आर३ र एमटी०३ को आयात तथा बिक्री रोकिएको दाबी गरिएको छ ।

आर३ र एमटी०३ को बिक्री बन्द गर्नुको कारण कम्पनीले नयाँ वा अपडेटेड मोडल ल्याउने तयारी गरिरहेको हुन सक्ने अनुमान गरिएको छ। तर, यस विषयमा यामाहाले अहिलेसम्म कुनै आधिकारिक घोषणा दिएको छैन।

यामाहा आर३ र एमटी०३ दुवै मोटरसाइकल डिसेम्बर २०२३ मा भारतीय बजारमा लन्च गरिएका थिए । आर३ स्पोर्ट्स बाइक सेग्मेन्टमा आएको थियो भने एमटी ०३ नेकेड स्ट्रिट बाइकको रूपमा प्रस्तुत गरिएको थियो। यी दुवै बाइक पूर्ण रूपमा आयातित मोडल भएकाले, तिनको मूल्य सोही सेग्मेन्टका अन्य बाइकहरूभन्दा महँगो थियो । डिजाइन, लुक्स, फिचर र प्रदर्शनका हिसाबले प्रभावशाली भएता पनि उच्च मूल्य नै तिनको बिक्रीमा मुख्य चुनौती बनेको बताइन्छ ।

बाइक प्रेमीहरू लामो समयदेखि आर७, आर९, एमटी ०७ र एमटी ०९ जस्ता मोडलको लन्चको प्रतीक्षामा छन् । यद्यपि, यामाहा मोटर इन्डियाले ठूला क्षमताका बाइकहरूबारे निकट भविष्यमा के योजना बनाएको छ भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन। हालै कम्पनीले इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा दुई नयाँ मोडल प्रस्तुत गरेको थियो ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो क्लच बिना गियर परिवर्तन गर्न सकिने नयाँ प्रविधि वाई-एएमटी

यामाहाले ल्यायो क्लच बिना गियर परिवर्तन गर्न सकिने नयाँ प्रविधि वाई-एएमटी

यामाहाले युरोपेली बजारमा बाइकका लागि नयाँ टेक्नोलोजी ल्याएको छ । कम्पनीले...

रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

बजाज र यामाहाका मोटरसाइकल नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डमा...

युरोपमा २०२५ सम्ममा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने

युरोपमा २०२५ सम्ममा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने

युरोपमा सन् २०२५ सम्ममा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...