नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल शोडाउन शनिबार हुँदै

काठमाडौं – यामाहा रेसिङको मुख्य प्रायोजनमा संचालन भइरहेको नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल शोडाउन आगामी शनिबार सम्पन्न हुने भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन चल्ने उक्त रेसिङ कार्यक्रम धुलिखेल रेस ट्र्याकमा आयोजना हुनेछ ।

मोटर स्पोर्ट्स नेपाल क्लबले नासा नेपालसँगको सहकार्यमा आयोजना गर्ने सो च्याम्पियनसिपको राउन्ड ४ सम्मका प्रतियोगिता यो भन्दा पहिले सम्पन्न भइसकेका छन् । अब यसको फाइनल राउन्ड सकिएसँगै २०२५ का सम्पूर्ण प्रतियोगिता सकिने छन् ।

सबैभन्दा पहिले नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड १ गत चैत महिनामा ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको थियो । त्यसैगरी राउन्ड २ असार महिनामा बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो भने राउन्ड ३ गत भदौ महिनामा धुलिखेलस्थित संयुक्त ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो । त्यसैगरी राउन्ड ४ गत मंसिर ९ गते धुलिखेल रेस ट्रयाकमा आयोजना गरिएको थियो ।

सो इभेन्टमा टायर पार्टनर रेज टायर, सेफ्टी गियर पार्टनर कवच गियर थिए भने पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिंक्स, सपोर्टेड बाई सेल एड्भान्स लुब्रिकेन्ट, टीएनएस मोटो, हिट्को, वन्डरल्यान्ड लगायत रहेका छन् ।

प्रतियोगिताको उद्देश्य व्यावसायिक रोड रेसिङ प्रवर्द्धन गर्नु, राइडर सुरक्षामा जोड दिनु र नेपाली मोटर स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउनु रहेको आयोजकले जनाएको छ ।

सो इभेन्टलाई मोटरसाइकलको अन्तर्राष्ट्रिय महासंघ एफआईएमको समेत सहयोग रहेको छ । विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको अवसर प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ राउन्ड ३ मा यी राइडर भए विजयी

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ राउन्ड ३ मा यी राइडर भए विजयी

पोखरा – गत आइतबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४...

भेट्रान नेपाली राइडर बिक्रम थापाले जिते जापानको क्लब रेसिङ

भेट्रान नेपाली राइडर बिक्रम थापाले जिते जापानको क्लब रेसिङ

काठमाडौं – नेपालका भेट्रान राइडर बिक्रम थापाले हिजो जापानको क्लब रेसिङमा...

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...