एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

नेपालगन्ज – नेपालका लागि दिपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दिपल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। यस उदघाटनले एमएडब्लु वृद्धिको देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको छ।

शोरुमको उद्घाटन नाडा एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो। एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यावसायिक तथा अटोमोटिभ क्षेत्रका प्रतिष्ठित अतिथि र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सफल उद्घाटन समारोहमा स्थानीय अधिकारीहरू, व्यवसायीहरू, ग्राहकहरू र सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुमले ग्राहकहरूलाई डोङफेङ र दिपलका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन्। शोरुम उद्घाटनको एक दिन अघि नेपालगन्जमा नामी भिगो र दिपल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको छ।

नेपालगन्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जको पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिरहेको छ। यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दिपलका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचारहरू

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...

बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक

बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक

बीवाईडीले आफ्नो पहिलो प्रिमियम सब–ब्रान्डअन्तर्गतको सम्पूर्ण...

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...