यसकारण लोकिप्रय मानिन्छन् ह्याचब्याक कार

ह्याचब्याक कारको माग दिनानुदिन बढ्दै गएको छ । मारुती सुजुकी वागन आर र स्विफ्टदेखि हुन्डाई आई२० तथा टाटा टियागो र अल्ट्रोजसम्मका मोडलको उच्च माग र बिक्रीमा छन् । यी कारहरू पहिलो पटक गाडी किन्ने ग्राहकहरूका लागि मात्र होइन, दैनिक शहर यात्राका लागि पनि अत्यन्त उपयुक्त मानिन्छन् । ह्याचब्याकलाई सेडान र एसयूभीभन्दा फरक बनाएको छ ।

ह्याचब्याकको सबैभन्दा ठूलो विशेषता उत्कृष्ट माइलेज र कम मर्मतसम्भार हो । यी गाडीहरू सामान्यतया १.० लिटरदेखि १.२ लिटर क्षमताका साना इन्जिनसहित आउँछ, जसले गर्दा इन्धनको खपत कम हुन्छ र माइलेज राम्रो मिल्छ । साथै, ह्याचब्याकका स्पेयर पार्ट्स सस्ता र सजिलै उपलब्ध हुने भएकाले मर्मतसम्भारको लागत पनि कम पर्छ ।

कम्प्याक्ट आकार र उत्कृष्ट मोबिलिटी पनि ह्याचब्याकको अर्को ठूलो फाइदा हो । यसको लम्बाई ४ मिटरभन्दा कम हुन्छ जसले गर्दा भीडभाडयुक्त शहरका सडक र साँघुरो गल्लीहरूमा चलाउन निकै सहज हुन्छ । पार्किङका लागि कम ठाउँ चाहिने भएकाले सानो पार्किङ स्पेसमा पनि सजिलै अट्छन् ।

आकारमा साना भए पनि ह्याचब्याकमा प्रशस्त बुट स्पेस दिइएको हुन्छ । छोटो यात्राका लागि आवश्यक झोला, सामान वा दैनिक किनमेलका सामग्री सजिलै राख्न सकिन्छ। ट्रंक ढोका माथितिर खुल्ने डिजाइनका कारण सामान लोड र अनलोड गर्न पनि सजिलो हुन्छ ।

मूल्य र सुविधाको सन्तुलनले पनि ह्याचब्याकलाई लोकप्रिय बनाएको छ । सेडान वा कम्प्याक्ट एसयूभीको तुलनामा ह्याचब्याक कम मूल्यमा उपलब्ध हुन्छ । कम मूल्य भए पनि यी कारहरूमा एयर कन्डिसन, पावर स्टेयरिङ, एयरब्याग, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता आवश्यक र आधुनिक सुविधाहरू उपलब्ध हुन्छ ।

ह्याचब्याक कार चलाउन सजिलो हुन्छ । हल्का तौल, कम्प्याक्ट डिजाइन र राम्रो नियन्त्रणका कारण कठिन ठाउँहरू, साँघुरो सडक वा उकालो चढाइमा पनि यी कारहरूले सहजता देखाउँछ ।

सम्बन्धित समाचारहरू

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन...

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड

फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड

मिन मेटल मोटर्स (एमएमएम) नामको इन्डियन स्टार्टअपले भारतमा पहिलो पटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...