सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने
काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...
बुटवल - यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने बताएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि हिरोशी सेतोगवा सान (निर्देशक, यामाहा मोटर इन्डिया सेल्स प्रालि), विशेष अतिथि विष्णु कुमार अग्रवाल (प्रबन्ध निर्देशक, एमएडब्लु ग्रुप अफ कम्पनीज), वाईएमआईएस अतिथि राजदीप सिंह ग्रेवाल सान (जीएम – एक्सपोर्ट मार्केटिङ, यामाहा मोटर इन्डिया सेल्स प्रालि) र दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक एवम् सीईओ – एमएडब्लु राइड्स प्रालि) सँगै प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो । यसमा ब्रान्डको सम्पूर्ण थ्रीएस पूर्वाधार; सेल्स, सर्भिस र स्पेयर पाट्र्सको सुविधा रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेन्युइन स्पेयर पाट्र्सको लागि डेडिकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ । “ब्लु” ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ, अनि “स्क्वायर” ले “वान–स्टप खरिद केन्द्र” लाई जनाउँछ । ब्लु स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एसेसरिज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरुलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीको भनाइ छ ।
उद्घाटन कार्यक्रममा बोल्दै, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश पार्दै भने, “ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएको भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो। यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् । बिक्रि र सेवा मात्र होइन, ब्लु स्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली पनि देखाउन्छ । यसले हाम्रो बाइक, स्कुटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्काउछ ।”
यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवाले बाइकर्ज बुटवल टिमलाई सफल शुभारम्भको लागि बधाई दिँदै ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धतामाथि जोड दिए । उनले भने, “यामाहामा ग्राहक सन्तुष्टि सधै हाम्रो पहिलो प्राथमिकता हो । हामी विश्वस्त छौ कि बाइकर्ज बुटवलले यस क्षेत्रमा यामाहा ग्राहकहरूलाई उत्कृष्ट सेवा र प्रिमियम अनुभवहरू प्रदान गर्न नयाँ स्तर कायम गर्नेछ । हामीलाई विश्वास छ यो ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरिय मापदण्डलाई कायम राख्नेछ र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यामाहा र एमएडब्लु दुवैले पूर्ण सहयोग जारी राख्नेछन् ।”
उपस्थित बिशिष्ट अतिथिहरुले पनि ग्राहक सन्तुष्टि बढाउन, ब्रान्ड पहिचानलाई बलियो बनाउन, र नेपालमा विश्वस्तरको सेवा प्रदान गर्न यामाहाले निरन्तर गर्दै आएका प्रयासहरूको कदर गरे ।
काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर...
काठमाडौं – यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जसअनुसार अब यामाहा...
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...