एनपीएल सिजन २ का सर्वोत्कृष्ट खेलाडी बने रोहित, पाए ५७ लाख मूल्यको जेइको जे५ कार

काठमाडौं - लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । रोहितले जेइको जे५ कार पाए ।

लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका कप्तान रोहितले प्रतियोगिताभर उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङतर्फ कुल २७६ रन बनाउनुका साथै बलिङमा १० विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि हात पारेका हुन् ।

विजेता खेलाडी पौडेललाई ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका निर्देशक सन्दिप शारडा र गौरव शारडाले सो गाडी हस्तान्तरण गरे ।

ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गरेको थियो । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा पहिले नै गरेको थियो ।

जेइको जे५ को मूल्य हाल ५६ लाख ९९ हजार रुपैयाँ छ । यो फुल इलेक्ट्रिक एसयूभी हो । जेइको जे५ मा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा ४०२ किलोमिटर रेन्ज प्रदान गर्छ ।

साहसिक यात्राका लागि बनाइएको जेइको जे५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल–रोड–रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे५ को सार्प–एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४० डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफरोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।

जे५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रयुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रंक स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् ।

जेइको जे–फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८ इन्चको अग्लो अलोय ह्विल्स रहेको छ ।

जेइको जे५ ले चालक–यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।

एनपीएलको अघिल्लो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट खेलाडी बन्दै ओमोडा इ५ कार प्राप्त गरेका थिए । त्यसबेला ओमोडाले टीडीएससमेत आफैं तिर्दै ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । ओमोडाका गाडी पनि एसपीजी अटोमोबाइल्सले नै बिक्री-वितरण गर्छ ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर ईभी किन्दा ६० किमी रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार

वुलिङ एयर ईभी किन्दा ६० किमी रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार

काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज...

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ती मध्ये...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...