दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

दिपलको पर्फेक्ट एसयूभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ । यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ ।

स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशिल सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षण उत्कृष्ट एसयूभीका रुपमा आफूलाई उभ्याएको छ ।

युरो एनक्याप रेटिङले दिपल एस०५ को मजबुत भेइकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयूभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो शाे २०२५ मा शाे स्टपरका रुपमा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो ।

यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विन को-पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो जसले ५००० भन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ ।

५ स्टार युरो एनक्याप रेटिङले विश्वस्तरीय परीक्षण पार गरेर, प्रविधिमैत्री तथा प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने दिपलको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ...

यस्तो छ गोगोरोले भित्र्याएको ब्याट्री स्वापिङ प्रविधि र ६ सेकेन्डमै फुल चार्ज हुने ‘जीएक्स२५०’ स्कुटर

यस्तो छ गोगोरोले भित्र्याएको ब्याट्री स्वापिङ प्रविधि र ६ सेकेन्डमै फुल चार्ज हुने ‘जीएक्स२५०’ स्कुटर

काठमाडौं – दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...