जीडब्लूएमको नयाँ ईभीमा ६८.९ किलोवाट आवरको ब्याट्री, रेन्ज कति ?
चिनियाँ अटोमोबाइल निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ...
ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले ट्याङ्क ३०० विशेष संस्करण लन्च गरेको छ । ३०० युनिटमात्रै उत्पादन हुने ट्याङ्क ३०० पोलर संस्करणको मूल्य ३२ हजार ४०० डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म निर्धारण गरिएको छ ।
चरम वातावरणमा काम गर्ने प्रोफेसनल र अफरोड उत्साहीहरूका लागि डिजाइन गरिएको ट्याङ्क ३०० पोलर संस्करणको लम्बाइ ४,७६० एमएम, चौडाइ १,९३० एमएम र उचाइ १,९०३ एमएम छ, जसको ह्विलबेस २,७५० एमएम छ ।
कम्प्याक्ट हार्ड–कोर अफरोड एसयूभीका रूपमा आएको यस एसयूभीलाई कम्पनीले नन–लोड–बेयरिङ (बडी–अन–फ्रेम) चेसिसमा निर्माण गरेको हो । एसयूभीमा ३३ डिग्री अप्रोच कोण र ३४ डिग्री प्रस्थान कोण रहेको छ ।
सो एसयूभीको इन्टेरियरमा १४.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन र १२.३ इन्चको एम्बेडेड फुल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ । डुअल स्पोक मल्टि फंक्शन स्टेयरिङ ह्विल र इलेक्ट्रोनिक कोलम शिफ्टरले आधुनिक ककपिटलाई पूर्ण बनाएको छ ।
कफी ओएस प्रणालीद्वारा संचालन हुने यसको क्याविनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिप राखिएकाे छ, जसले फोरजी नेटवर्क कनेक्टिभिटी, फोर जोन भ्वाइस रिकग्निसन, इन–कार केटीभी र मोबाइल एप रिमोट कन्ट्रोल कार्यक्षमताहरू प्रदान गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...