नेपालगञ्जमा दिपल र नामीको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प हुँदै

काठमाडौँ–एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।

मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।

नयाँ सोरुमा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा भएको दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन् ।

कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।

सम्बन्धित समाचारहरू

रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

क्रोएसियाली कार कम्पनी रिम्याक अटोमोबिलीको इलेक्ट्रिक हाइपरकार नभेराले...

नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

विश्वमै सर्बाधिक बिक्री भएको रेकर्ड कायम गरिरहेको बीवाईडीले पछिल्लो...

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...