जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध
विद्युतीय गाडी (ईभी) को मुटु मानिने ब्याट्री केवल ऊर्जाको स्रोतमात्र नभई,...
चांगानको हेडक्वार्टर रहेको चोङकिङस्थित ल्याबमा एउटा ब्याट्रीमाथि यति चरम परीक्षण हुन्छ कि कुनै ईभी धनीले सोच्न पनि सक्दैनन् । इन्जिनियरहरुले यसलाई स्टिलको किल्लाले घोच्छन्, पानीमा चोपल्छन् अति लामो समयसम्म आगोमा पोल्छन् । ब्याट्रीबाट धुँवा उड्छ, हिस्स आवाज आउँछ तर आगो कहिल्यै लाग्दैन, विस्फोट पनि हुँदैन । यति गर्दा पनि त्यो ब्याट्रीले काम गर्छ । यो संसारकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनीले बनाएको गोल्डेन शिल्ड ब्याट्री हो र यो ईभीको संसारमा सुरक्षाको नयाँ परिभाषाका रुपमा तीव्र गतिमा फैलिरहेको छ ।
त्रासलाई अन्त्य गर्न जन्मिएको ब्याट्री
दुई वर्षअघि ग्वान्जाओ अटो सोमा सार्वजनिक भएको गोल्डेन शिल्ड विश्व ईभी एडोप्सनको तीन मुख्य भयः ब्याट्रीमा लाग्ने आगलागी, ब्याट्रीको आयु र ढिलो चार्जिङविरुद्ध चांगान अटोमोबाइलको जवाफ हो । संसारको सबैभन्दा शक्तिशाली ब्याट्री निर्माता सीएटीएलसँग साझेदारी गरेर बनाइएको यो ब्याट्रीले यी तीनवटै त्रासको अन्त्य गर्छ । यो एउटा ब्याट्री मात्र होइन ईभी उद्योगभित्रको सुरक्षा आन्दोलन हो ।
गोल्डेन शिल्ड ब्याट्री पछाडिको कथा अटोमोटिभभन्दा पनि अन्तरक्षित प्रविधिसँग बढी मेल खान्छ । यिबिनस्थित चांगान पावर ब्याट्री प्लान्टबाट हरेक सेकेन्डमा एउटा ब्याट्री सेल उत्पादन हुन्छ । मानिसले होइन रोबोटले ९५ प्रतिशतभन्दा बढी उत्पादनमा मद्दत गर्छ जसमा माइक्रोचिप कारखानाको सुनिश्चितता सहित हजारौं माइक्रोस्कोपिक भेरियबलको परीक्षण गरिन्छ । गोल्डेन शिल्डले मार्केटिङबाट होइन उत्पादन गुणस्तरमार्फत प्रतिष्ठा कमाइरहेको छ ।
यो ब्याट्री प्रविधिको वास्तविक शक्ति यसको गुणस्तर नियमन प्रणालीमा देखिन्छ । एउटा एउटा सेलले ६,८०० फरक फरक परीक्षण पूरा गर्छ भने यसको जीवनभर १०,००० भन्दा बढी डाटा प्वाइन्टमाथि निगरानी राखिन्छ । प्रत्येक ब्याट्रीको उत्पादनबाट संचालनसम्मको पूरा जीवनमा क्युआर कोड ‘पासपोर्ट’मार्फत ट्रयाक हुन्छ । जसका कारण यो ब्याट्रीको डिफेक्ट रेट पार्ट्स पर बिलियन (डीपीपीबी) स्तरमा झर्छ र यसको अर्थ त्रुटिको सम्भावना करिब शून्य हुन्छ ।
विध्वंस परीक्षणले जितेको विश्वसनीयता
गोल्डेन शिल्डले सिद्धान्तमार्फत विश्वास जितेको होइन । बारम्बारको परीक्षण र असफलतापछि यो हासिल भएको हो । चांगानको सुरक्षा इन्जिनियरहरुले ब्याट्रीमा प्रयोग हुने वस्तुको क्षमता बुझ्न हरेक वर्ष एक सयभन्दा बढी पटक पूर्ण रुपमा विध्वंस परीक्षण गर्ने गर्छन् ।
यो ब्याट्रीमा ५ एमएमको स्टिल नेल पेनेट्रेट गरियो तर थर्मल रनअवे शून्य । एक घन्टासम्म पानीमा डुबाइयो । एक सय ४० सेकेन्डसम्म सीधा आगोमा राखियो । र यो सबमा गोल्डेन शिल्ड पास भयो ।
सुरक्षाका अलावा यो ब्याट्रीको अर्को महत्वपूर्ण पक्ष भनेको यसको आयु हो । सामान्य ब्याट्रीहरुको आयु ३००० चार्जिङ साइकलसम्म हुन्छ । यसको भने ५००० चार्जिङ साइकल छ जुन नेपालमै सबैभन्दा बढी हो । यसअर्थ यो ब्याट्रीको आयु १० वर्षभन्दा बढी हुन आउँछ ।
विश्वासले बनेको ब्याट्री
आफ्ना ईभीमा गोल्डेन शिल्ड ब्याट्री राख्ने दिपल पहिलो ब्रान्डमध्ये पर्छ जुन उसको फिचर मात्र होइन जग पनि हो । सीएटीएल र चांगानको साझेदारीमा बनेको यो ब्याट्री नो फायर, नो एक्सप्लोजनका कारण चर्चित छ । यो ब्याट्री प्रविधि ईभीलाई पावर दिनका लागि मात्र होइन त्यसको रक्षाका लागि पनि सक्षम छ । र, तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा यो सबैभन्दा मूल्यवान् वाचा हो ।
विद्युतीय गाडी (ईभी) को मुटु मानिने ब्याट्री केवल ऊर्जाको स्रोतमात्र नभई,...
इलेक्ट्रिक स्कुटर एक पटक चार्ज गर्दा कति रेन्ज प्रदान गर्छ यो सबैभन्दा...
बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...