सेफ ड्राइभ इन्डिया र दादा ड्राइभिङ नेपाल बिच सडक सुरक्षा सम्बन्धी कार्यक्रम संचालन गर्ने सम्झौता

काठमाडौं - भारत लगायत दक्षिण एशियामा सडक सुरक्षा एवम् जनचेतना फैलाउदै आएको संस्था सेफ ड्राइभ इन्डिया र नेपालमा विगत केही वर्षदेखि सडक सुरक्षा तथा चेतनामुलक कार्यमा जोडिदै आएको कम्पनीदादा ड्राइभिङ एण्ड सेफ्टी स्कुल बिच नेपालमा यसै विषयको कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ । सेफ ड्राइभ इन्डियाका संस्थापक धिरेन्द्र सायामिन र दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलका निर्देशक मिना दहाल न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विश्वमा दैनिक सरदर ३ हजार ५ सय जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि यो तथ्यांक कहाली लाग्दो छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ हजार २६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक नियमको ज्ञानमा कमी हुनु र ज्ञान भएकाले पनि यसको इमानदारितापूर्वक पालना नगर्नाले ठुला दुर्घटना हुने गरेको सायामिन बताउँछन ।

प्रत्येक विषयमा सरकारको ध्यान जान र सरकारले मात्रै गर्नु पर्छ भत्रे सम्भव नरहेकाले संस्थाले यस क्षेत्रमा थोरै मात्र भएपनि कार्य गर्ने र आउँदा दिनहरुमा विभित्र सरोकारवालाहरुसँग मिलेर नेपालमा सडक सुरक्षा तथा जनचेतनाको कार्यक्रम संचालन गर्ने बताउँछिन दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलकी निर्देशक मिना दहाल न्यौपाने ।

दुर्घटना न्यूनीकरण गर्न र एक जनाको मात्रै पनि ज्यान जोगाउँन सके कार्यक्रम सफल हुने उनी बताउँछिन । यस प्रकारका कार्यहरुले समाजमा अवश्य पनि सकारात्मक असर पर्ने दुबै संस्थाकाका प्रतिनिधिहरुले विश्वास जनाएका छन् ।

सोही अवसरमा सेफ ड्राइभ इन्डियाले दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलको टोलीलाई डिफेन्सिभ ड्राइभिङको तालिम तथा प्रमाणपत्र समेत प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरू

तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत

तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत

लामो समयसम्म कारको उपभोग गरेमा यसले हजारौं रुपैयाँ मर्मत सम्भारमा खर्च...

अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

आधुनिक कारहरू एडभान्स टेक्नोलोजीले सुसज्जित भएका छन् । यी फिचरले...

इनड्राइभद्वारा चालकलाई २२ लाख बराबरको इन्धन सहयोग घोषणा

इनड्राइभद्वारा चालकलाई २२ लाख बराबरको इन्धन सहयोग घोषणा

काठमाडौं–विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...