सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने
काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...
काठमाडौं–चिनियाँ ईभी ब्रान्ड कामाले नेपालका विभिन्न स्थानमा सेल्स आउटलेट विस्तार गरेको छ । कामाको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले देशका १४ स्थानका सेल्स आउटलेट विस्तार गरेको हो ।
कम्पनीका अनुसार, काठमाडौं उपत्यकाका महाराजगंज, सामाखुसी, रविभवन र ललितपुरमा गरी चार स्थनमा शोरुम विस्तार गरिएको छ । त्यसैगरी, बनेपा, विर्तामोड, बिराटनगर, इटहरी, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगंज र धनगढीमा समेत कामा ब्रान्डका मिनी ईभी ट्रक तथा भ्यान उपलब्ध हुन थालेका छन् । यी मध्ये अधिकांश स्थानबाट बिक्री पछिको सेवा समेत उपलब्ध हुन थालिसकेको छ ।
कामा चीनको सबैभन्दा ठूलो मध्ये एक कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा परिचित छ । चीन सरकारको समेत स्वमित्व रहेकाले यस कम्पनीले उत्पादन गर्ने सवारीसाधनलाई गुणस्तरिय मान्ने गरिन्छ ।
कामाको हाल फ्याक्ट्रि फिटेड कन्टेनर, मिनि पिकअप र १४ सिटर भ्यान नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । मेगा मोटर्सले यी ईभीमा प्रयोग हुने स्पेयर पार्टसलाई एकदमै सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...
चीनको इलेक्ट्रिक कार निर्माता लिपमोटरले आफ्नो अहिलेसम्मकै सबैभन्दा...
हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...