दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

काठमाडौं – लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिस उद्घाटन गरेको छ ।

यसअघि, पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो । उच्चस्तरीय चिनियाँ कमर्सियल भेइकलहरूको प्रतिनिधित्व गर्ने हाइ–एण्ड जीएक्स ट्र्याक्टर, केसी डम्प ट्रक र आरके कार्गो ट्रक पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका थिए ।

नयाँ अफिसको स्थापना डोङफेङको दक्षिण अमेरिकी बजारप्रति थप प्रतिवद्धता हो । अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूमा छिटो सेवा, छिटो रेस्पोन्स र ग्राहकलाई थप भ्यालु सिर्जना गर्न सहयोग गर्नेछ जसले गर्दा ग्राहक, पार्टनर र डोङफेङ सबैका लागि लाभ हुनेछ ।

साथै, कम्पनीले लोकल ब्रान्ड प्रमोशन गर्न, ब्रान्ड पहिचान बढाउन र मार्केटिङ गर्नका लागि प्रभावकारी सहयोग गर्नेछ। यो कदम डोङफेङको दक्षिण अमेरिकी विकास यात्रामा एक महत्वपूर्ण माइलस्टोन मानिने छ ।

‘पेरु अफिस स्थापनाले डोङफेङको पेरुभियन बजारप्रतिको प्रतिवद्धता देखिन्छ । हामी डोङफेङलाई यहाँको बजारमा अग्रणी बनाउन पूरा प्रयास गर्नेछौँ,’ पेरुका कमर्सियल भेइकल पार्टनर जपाटाले भने ।

कम्पनीका अनुसार, पेरु अफिसलाई क्षेत्रीय मुख्यालयका रूपमा विकसित गरिनेछ, जहाँबाट लोकल साझेदारहरूको सहायता मार्फत् मार्केटिङ च्यानल, स्पेयर पार्ट्स, तालिम र सेवा क्षमताहरू अझ मजबुत बनाइनेछ ।

दिउँसो, याङ ताओ र पेरु मार्केटिङ टिमले स्थानीय पार्टनरसँग मिलेर चाइना मिनमेटल्स कर्पोरेसनको पेरु सहायक कम्पनी लास बम्बासको भ्रमण समेत गरे । दुवै पक्षले स्थानीय यातायात उपकरण आवश्यकताहरू, नयाँ ऊर्जा ट्रेण्डहरू, स्थानीय फ्लीट र समुदाय समर्थन परियोजनाबारे विस्तृत छलफल गरे, र साझा विकासका लागि प्रारम्भिक सहमति पनि जुटाए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...