हुन्डाई क्रेटा ईभी लन्च मिति पुष्टि, जनवरी २०२५ मा लन्च हुने
हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखिएको छ, जसका कारण हुन्डाई क्रेटा...
लस एन्जलस अटो शो २०२५ मा हुन्डाई मोटरले आफ्नो सबैभन्दा बलियो र साहसिक इलेक्ट्रिक एसयूभी क्रेटरको कन्सेप्ट सार्वजनिक गरेको छ । साथै हुन्डाईको आगामी एक्सआरटी मोडलको डिजाइन पनि क्रेटरबाट प्रेरित हुनेछ।
क्रेटरको सबैभन्दा ठुलो विशेषता भनेको हुन्डाईको नयाँ आर्ट अफ स्टिल डिजाइन हो । यसमा शार्प बडी लाइन, आकर्षक लुक र कठोर अफरोड लुकले सो गाडीलाई फ्युचरिस्टिक देखाउँछ । यसमा १८ इन्चका बलिया ह्विलमा ३३ इन्चका अल-टेरेन टायर जडान गरिएको छ । साथै अगाडि र पछाडि पिक्सेल स्टाइलका लाइट र छतमा ठूलो र्याक जडान गरिएको छ ।
यद्यपि कम्पनीले यसको सबै फिचरको बारेमा आधिकारिक जानकारी दिएको छैन । तर अनुमानित रिपोर्ट अनुसार यसमा ड्युअल मोटर ईभी सेटअप दिइएको छ । साथै फ्रन्ट र रियरमा एक्सलमा लकिङ डिफरेन्सियल दिइएको छ । यसमा रेगुलर साइड मिररको स्थानमा डिटेचेबल क्यामेरा जडान गरिएको छ । गाडी चलाउँदा यिनै क्यामेरा मिररको काम गर्छ ।
क्रेटरको क्याबिन फंक्शनल डिजाइनमा आधारित हुनेछ । यसमा रोल केज इन्स्पायर्ड स्ट्रक्चर, क्याम्पिङ स्टाइलको मोड्युलर सिट र ठुलो हेड-अप डिस्प्ले छ जसले सबै इन्फोटेनमेन्ट जानकारी देखाउँछ । परम्परागत ठुलो टचस्क्रिनको सट्टा सो सेटअपले स्पष्ट सन्देश दिन्छ ।
हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखिएको छ, जसका कारण हुन्डाई क्रेटा...
होन्डाले सेप्टेम्बर ४, २०२३ मा नयाँ एलिभेट लन्च गर्ने भएको छ । यो मिड साइज...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...