भारतमा ईभीको बिक्री दोब्बरले बृद्धि, कुल बिक्रीमा ईभीको हिस्सा ५ प्रतिशत
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...
काठमाडौं–चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३ हजार २०३ युनिट विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा यस वर्ष २८४ युनिट कम ईभी भित्रिएको हो । यस वर्ष गत आर्थिक वर्षको तुलनामा ८.१४ प्रतिशतले ईभीको आयात घटेको हो ।
ईभी र इन्धन गरी ६ हजार ४३२ युनिट सवारी साधन भित्रिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने ६ हजार २७ युनिट सवारीसाधन भित्रिएका थिए ।
चालू आर्थिक वर्षको साउनदेखी कात्तिकसम्मको अवधिमा ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ३ हजार २०३ युनिट ईभी नेपाल भित्रिएका हुन् । उक्त आयातबाट सरकारले ४ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
त्यसैगरी, चालू आर्थिक वर्षको चार महिनाको अवधिमा इन्धन र ईभी गरी १ लाख ६ हजार ६९० युनिट दुई पांग्रे सवारी साधन आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष इन्धन र ईभी दुवै सेग्मेन्टका दुई पांग्रे सारी साधनको आयात बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २५.७ प्रतिशतले बाइक तथा स्कुटरको आयात बढेको हो ।
साउनदेखी कात्तिकसम्मको अवधिमा इन्धनतर्फ मात्र एक लाख ६१७ युनिट बाइक तथा स्कुटर भित्रिएका छन् । उक्त आयातबाट सरकारले १२ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षको यस अवधिमा ईभीतर्फ ५८ करोड ८० लाख रुपैयाँ बराबरको ६ हजार ७३ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको छ । उक्त आयातबाट सरकारले २० करोड ५७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...
कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त...
काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...