रोयल इन्फिल्डको पहिलो स्क्र्याम्बलर शैलीको इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली एस६’ सार्वजनिक

मोटोभर्स २०२५ बाइकिङ महोत्सवमा रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल ‘फ्लाइङ फ्ली एस६’ सार्वजनिक गरेको छ । यो भारतमा पहिलो स्क्र्याम्बलर शैलीमा तयार गरिएको इलेक्ट्रिक बाइक हो ।

गत वर्ष मोटोभर्स २०२४ मा फ्लाइङ फ्ली सी६ प्रस्तुत भएपछि, नयाँ एस६ सोही बाइकको रेट्रो लुकका साथमा अफरोड संस्करणको रूपमा प्रस्तुत गरिएको हो ।  सो बाइक सन् २०२७ को सुरुवातमा भारतीय बजारमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

फ्लाइङ फ्ली एस६ मा गोलो एलईडी हेडलाइट, टियरड्रप ट्याङ्की र पातलो प्रोफाइलले बाइकलाई आकर्षक बनाएको छ । इन्डुरो शैलीको सिटले सहर र अफरोड दुवै खालका यात्रामा सहजता प्रदान गर्नेछ । सो बाइकमा फ्रेम माउन्ट गरिएको इलेक्ट्रिक मोटर र चेन ड्राइभ सेटअप छ । सो बाइकले पूर्ण चार्जमा १५० किलोमिटरको रेन्ज उपलब्ध गराउने दाबी गरिएको छ । बाइकमा अफरोड, कस्टम, फ्रन्ट/रिभर्स क्रलसहित छ वटा राइड मोड उपलब्ध छ ।

एस६मा आल्मुनियम स्पोक पाङ्ग्राहरू प्रयोग गरेको छ, जसमा १९ इन्च फ्रन्ट र १८ इन्च रियर सेटअप छ। फ्रन्ट र रियर डिस्क ब्रेकसहित लीन–सेन्सिटिभ ड्युअल च्यानल स्विचेबल एबीएस दिइएको छ । लामो यात्राको लागि यूएसडी फ्रन्ट फोर्क र पछाडिको मोनोशक सस्पेन्सन समावेश छ ।

फिचरका लागि बाइकमा ३.५ इन्चको गोलाकार टचस्क्रिन टीएफटी कन्सोल, इन हाउस अपरेटिङ सिस्टममा चल्ने यो कन्सोलमा ४जी, ब्लुटुथ र वाइफाइ कनेक्टिभिटी, नेभिगेसन, कल तथा एसएमएस अलर्ट, भ्वाइस असिस्ट, भीसीयू र एनएक्सपी माइक्रोकन्ट्रोलरद्वारा नियन्त्रित पावर तथा आकर्षण व्यवस्थापन, ओटीए अपडेट र एपमार्फत कीलेस इन्ट्री जस्ता आधुनिक फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको नयाँ मूल्य सूची, क्लासिक ३५० को ७ लाख र मेटियर ३५० को ९ लाख ३५ हजार सम्म

रोयल इन्फिल्डको नयाँ मूल्य सूची, क्लासिक ३५० को ७ लाख र मेटियर ३५० को ९ लाख ३५ हजार सम्म

काठमाडौं – नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता तोकिए पछि पहिलो...

काठमाडौं भन्दा पहिले पोखरामा लन्च भयो एड्भेन्चर मोटरसाइकल रेभिट २५०

काठमाडौं भन्दा पहिले पोखरामा लन्च भयो एड्भेन्चर मोटरसाइकल रेभिट २५०

काठमाडौं – नेपाली बजारमा सबैभन्दा पहिले काठमाडौंमा मोटरसाइकल लन्च हुने...

रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकल सटगन ६५० लाई मोटोभर्स इभेन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...