जीडब्लूएमको नयाँ ईभीमा ६८.९ किलोवाट आवरको ब्याट्री, रेन्ज कति ?
चिनियाँ अटोमोबाइल निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ...
बुटवल - नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेको छ ।
बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने उ सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्सद्वारा नवनिर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।
एलआरआर मोटर्सले याे वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको बताइएको छ । साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्सले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तान्तरण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचिलाई दर्शाएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहसँगै नयाँ डिलर शोरूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्टसकाे सहज उपलब्धता गराउनेछ ।
“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्सकाे अधिकृत डिलरका रूपमा चयन भइ यहाँका ईभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पु-याउन पाउँदा हामी हर्षित छौ,” सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूषाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित ईभी विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हौ । इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।”
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स जस्ताे प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शोरूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए ।
“सोमार्जुन मोटर्सलाई जिली इएक्स फाइभको डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौ । यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतीको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेछमा हामी ढुक्क छौ ।”
सोमार्जुन मोटर्सले बुटवल र आसपासका क्षेत्रहरुको ईभी उपभोक्ताहरुको बदलिँदो आवश्यकताअनुसार सेवा पु-याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चातको सेवासुविधाहरू समेतको व्यवस्था गरेको छ । बुटवलमा जिली इएक्स फाइभ उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पार्टस तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...