बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ हुँदै, १० जनालाई चीन भ्रमण अवसर, अन्य आकर्षण के ?

काठमाडौं–बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आकर्षक अफर सहित ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । मंसिर ३ गते सुरु भई मंसिर ६ गतेसम्म चल्ने उक्त मेला काठमाडौं उपत्यकाका विभिन्न स्थानसहित देशैभर रहेका बीवाईडी शोरुममा सञ्चालन हुनेछ ।

काठमाडौंमा नक्सालस्थित अम्रपाली बैंक्वेट, गैह्रिधारस्थित सी कार, बानेश्वरस्थित काठमाडौं बैंक्वेट, ललितपुरस्थित साकार फाइन डाइन, इमाडोलस्थित इन्द्रेणी बैंक्वेट तथा सोल्टिमोड र भक्तपुरस्थित बीवाईडी शोरुममा आयोजना हुने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले आँफूसंग भएको जुनसुकै पुरानो गाडीसंग बीवाईडीको ब्रान्ड न्यू ईभी एकसचेन्ज गर्न पाउनेछन् । कम्पनीका अनुसार, एक्सचेन्ज कार्यक्रममा आकर्षक नगद छुट तथा एक्सचेन्ज बोनसको साथ १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसरीज तथा २.३ किलोवाट क्षमताको पोर्टेवल चार्जर, १० वर्षसम्म बीवाईडी एप कनेक्टिभिटी तथा विस्तारित वारेन्टी र फ्री रोड ट्याक्स जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।

यसबाहेक, मेलामा सहभागी ग्राहक मध्येबाट चीन भ्रमणको लागि ‘लक्की ड्र’ विजेता पनि छनोट गरिनेछ, जुन मेलाको प्रमुख आकर्षण हुने जनाइएको छ । बम्पर अफरमा लक्की ड्रमार्फत १० जना ग्राहकले चीन भ्रमण गर्ने अवसर प्राप्त गर्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ...

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...