पाँच वर्षभित्र विश्वको सबैभन्दा ठूलो अटोमेकर बन्ने बीवाईडी अध्यक्षको खुलासा

आगामी पाँच वर्षभित्र आफ्नो कम्पनी विश्वको सबैभन्दा ठूलो अटोमेकर बन्ने बीवाईडीका अध्यक्ष वाङ चुआनफुले बताएका छन् । चीनमा आयोजित कम्पनीको वार्षिक साधारण सभामा बोल्दै वाङले बीवाईडी अवको पाँच वर्षभित्र स्केलका हिसाबले विश्वको सबैभन्दा ठूलो अटोमेकर बन्ने खुलासा गरेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ अटोमेकरको बलियो वृद्धिलाई प्रकाश पार्दै उनले प्रतिस्पर्धी मूल्य, उन्नत प्रविधि र उत्कृष्ट प्रयोगकर्ता अनुभवका आधारमा बीवाईडीका उत्पादनले स्थानिय प्रतिस्पर्धीहरुलाई पछि पारेको उल्लेख गरे ।

कम्पनीले यस वर्षका लागि १.६ मिलियन सवारी साधनको विदेशी बिक्री लक्ष्य तय गरे पनि उक्त संख्यालाई सजिलै पार गर्ने उनको भनाइ छ ।

अटोमोटिभ इन्टेलिजेन्सको भविष्यलाई सम्बोधन गर्दै, वाङले गाडीलाई ‘मूर्त बुद्धिमत्ता’ को रूपमा वर्णन गरे ।

सडकमा यसअघि नै ३१ लाख ५० हजार इन्टेलिजेन्ट ड्राइभिङ भेइकल भएको र बीवाईडीले हरेक दिन २० करोड किलोमिटरका दरले डेटा सङ्कलन गरिरहेको उनको भनाइ थियो । यो डेटासेटले कम्पनीको अर्को स्तरको अटाेनाेमस ड्राइभिङ क्षमताका लागि आधारको रूपमा काम गर्नेछ ।

साथै उनले, एल३ र एल४ अटाेनाेमस ड्राइभिङ प्रविधिहरू अपेक्षा गरिएको भन्दा चाँडो बजारमा पुग्ने घोषणा गरे । बीवाईडी चिप्स, एल्गोरिदम र डेटा इकोसिस्टमहरूमा पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ ।

चीनसहित अष्ट्रेलिया, युरोप र दक्षिण अमेरिकी बजारमा बीवाईडी एक प्रिमियम ब्रान्डका रुपमा उदाउँदै गरेको वाङले बताए । उनले भने, ‘अटोमोबाइल जीवन सुरक्षा समावेश गर्ने यातायात उपकरण भएकाले हामीले प्रविधिको सारमा फर्कनु पर्छ । अर्को वर्ष रिलिज हुने अचम्मका प्रविधिको नयाँ लहरले कम्पनीको ब्रान्ड प्रिमियमाइजेशनमा ठूलो योगदान दिनेछ ।’

सम्बन्धित समाचारहरू

परिक्षणका क्रममा देखियो बीवाईडीको नयाँ एसयूभी, एट्टो३ भन्दा केही ठूलो हुने

परिक्षणका क्रममा देखियो बीवाईडीको नयाँ एसयूभी, एट्टो३ भन्दा केही ठूलो हुने

बीवईडीको नयाँ बिद्युतिय एसयूभी परिक्षणका क्रममा देखिएको छ । आधिकारिक...

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...

बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ सुरु, के–के छ सुबिधा ?

बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ सुरु, के–के छ सुबिधा ?

काठमाडौं– बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ बिहिबारदेखि काठमाडौँमा सुरु भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...