४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने
हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...
काठमाडौं - बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे व्यापार वर्षेनी बढ्दै गएको देखिएको छ । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झण्डै १० अर्बको कारोबार गरेको हो ।
इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साइमेक्स इंकले यो आर्थिक वर्षको ११ महिनासम्ममा ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२१ मा ६ करोड ९० लाख र सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार यस कम्पनीले गरेको थियो ।
यस्तै, सन् २०२३ मा उक्त कम्पनीले एक अर्ब ९१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा तथ्याङ्कले देखाएको छ । गत वर्षसँग तुलना गर्दा यो वर्षको ११ महिनासम्ममा साइमेक्स इंकले करिव ८ अर्ब २ करोड २० लाख व्यापार गरेको छ ।
नेपालमा सर्वाधिक गाडी बिक्री हुने सूचिको पहिलो नाममा आउँने यो कम्पनीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको नाममा क्रमशः ५०.५ र ४९.५ प्रतिशत सेयर रहेको छ ।
साइमेक्स इंकले नेपालमा बीवाईडीको विभिन्न मोडलको गाडी बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न छोटो समय अवधिका लागि करिव ३ अर्ब रुपैयाँ ऋण लिएको पनि इक्रा नेपालले बताएको छ ।
कम्पनीको कुल ऋण कुल नेटवर्थको ०.७ गुणा छ । देशका विभिन्न स्थानमा बीवाईडीको डिलर रही बिक्री हुँदै आएका उक्त ईभी गाडीप्रतिको क्रेज आम उपभोक्ताबीच बढ्दो छ ।
हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...