बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

काठमाडौं - बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे व्यापार वर्षेनी बढ्दै गएको देखिएको छ । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झण्डै १० अर्बको कारोबार गरेको हो ।

इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साइमेक्स इंकले यो आर्थिक वर्षको ११ महिनासम्ममा ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२१ मा ६ करोड ९० लाख र सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार यस कम्पनीले गरेको थियो ।

यस्तै, सन् २०२३ मा उक्त कम्पनीले एक अर्ब ९१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा तथ्याङ्कले देखाएको छ । गत वर्षसँग तुलना गर्दा यो वर्षको ११ महिनासम्ममा साइमेक्स इंकले करिव ८ अर्ब २ करोड २० लाख व्यापार गरेको छ ।
नेपालमा सर्वाधिक गाडी बिक्री हुने सूचिको पहिलो नाममा आउँने यो कम्पनीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको नाममा क्रमशः ५०.५ र ४९.५ प्रतिशत सेयर रहेको छ ।

साइमेक्स इंकले नेपालमा बीवाईडीको विभिन्न मोडलको गाडी बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न छोटो समय अवधिका लागि करिव ३ अर्ब रुपैयाँ ऋण लिएको पनि इक्रा नेपालले बताएको छ ।

कम्पनीको कुल ऋण कुल नेटवर्थको ०.७ गुणा छ । देशका विभिन्न स्थानमा बीवाईडीको डिलर रही बिक्री हुँदै आएका उक्त ईभी गाडीप्रतिको क्रेज आम उपभोक्ताबीच बढ्दो छ ।

सम्बन्धित समाचारहरू

अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले...

चेरीको इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन व्याट्री हुने

चेरीको इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन व्याट्री हुने

चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको...

ग्यारो डीटी ६० को बुकिङ खुला, ३५० किलोमिटर रेन्ज दिने स्कुटरमा यस्ता छन् विशेषता

ग्यारो डीटी ६० को बुकिङ खुला, ३५० किलोमिटर रेन्ज दिने स्कुटरमा यस्ता छन् विशेषता

काठमाडौं–क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...