एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ । चिनियाँ बजारमा समेत लन्च हुन बाँकी रहेको यो नयाँ ईभीलाई कम्पनीले कम्वोडियामा लन्च गरेको हो । यो गाडी यसअघि ब्राजिल, मेक्सिको र पानामामा बिक्री हुँदै आएको थियो भने छिट्टै अष्ट्रेलियामा समेत लन्च हुने तयारीमा छ ।

बीवाईडीको डिएमओ प्लेटफर्ममा निर्माण गरिएको शार्क ५ हजार ४५७ एमएम लामो, १ हजार ९७१ एमएम चौडा र १९२५ एमएम अग्लो छ । अफरोड ईभीका लागि तयारी पारिएको डिएमओ प्लेटफर्मममा बीवाईडीले यसअघि फाङ चेङ बाओ–५ र बाओ–८ जस्ता ईभी निर्माण गरिसकेकको छ ।

सो नयाँ गाडीमा १.५ टी इन्जिन जडान गरिएको छ । जसको संयुक्त पावर ३२० किलोवाट र टर्क ६५० एनएम छ । शार्कमा २९.५ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । जसलाई फुलचार्ज गर्दा १०० किलोमिटर इलेक्ट्रिक रेन्ज पाइने दाबी छ ।

साथै यसको फुल ट्यांक इन्धन र इलेक्ट्रिक रेन्ज भने ८४० किलोमिटर छ । शार्कमा भेइकल–टु–लोड लगायत फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा दर्ता भए  साढे २७ हजार सवारी साधन, साढे १५ हजार  ईभी

काठमाडौंमा दर्ता भए साढे २७ हजार सवारी साधन, साढे १५ हजार ईभी

काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा यातायात व्यवस्था कार्यालय सानाठुला...

नयाँ भर्सनको इलेक्ट्रिक सोलार कार डेरी ईएम७ सोरुममा, सिंगल चार्जमा २६० किमी रेन्ज

नयाँ भर्सनको इलेक्ट्रिक सोलार कार डेरी ईएम७ सोरुममा, सिंगल चार्जमा २६० किमी रेन्ज

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनिएको डेरी ब्रान्डको इलेक्ट्रिक...

नयाँ वर्ष अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी

नयाँ वर्ष अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी

काठमाडौं–नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...