चिनियाँ कार कम्पनी र ईभी अगाडि निरीह बन्दै पश्चिमी कम्पनी
चीनमा प्राविधिक क्रान्ति आएसँगै चीनले विश्वव्यापी स्मार्टफोन बजार कब्जा...
बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ । आगामी फेब्रुअरी २३ मा सार्वजनिक गरिने सो ह्याचब्याकलाई ‘अनर एडिसन’ भनिने छ । पहिलेको भन्दा यसमा फिचर थप हुनुका साथै मूल्य समेत कम हुनेछ ।
हालको डल्फिनमा ४५ किलोवाट आवरको एलएफपी ब्याट्री अप्सन उपलब्ध छ र यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने बताइएको छ । २०२४ अपडेटमा भने ६० किलोवाट आवरको ब्याट्री हुनेछ भने सिंगल चार्जमा ५२० किलोमिटरको रेन्ज दिनेछ ।
यसमा हुने मोटर भने पहिलेकै जस्तो हुनेछ, जसले ७० किलोवाटको पावर र १८० एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी लम्बाई, चौडाई र उचाई पनि उस्तै अर्थात क्रमशः ४१२५, १७७० र १५७० एमएम हुनेछ भने ह्विलबेस २७०० एमएम हुनेछ ।
गाडी भित्र पनि धेरै परिवर्तन हुनेछ । यसमा नयाँ टाइप–सी चार्जिङ पोर्ट र ५० वाटको वायरलेस चार्जिङ पोड हुनेछ । त्यसैगरी फ्रन्ट सिट भेन्टिलेसन सहित सिट अपग्रेड हुनेछ भने रियर प्राइवेसी ग्लास हुनेछ ।
अन्य विभिन्न फिचर र थप जानकारी भने फेब्रुअरी २३ मा सार्वजनिक गरिने छ ।
बीवाईडी डल्फिन नेपाली बजारमा पनि उपलब्ध छ । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
चीनमा प्राविधिक क्रान्ति आएसँगै चीनले विश्वव्यापी स्मार्टफोन बजार कब्जा...
नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...