सिंगल चार्जमा ८०० किलोमिटर चल्ने विश्वको पहिलो इलेक्ट्रिक मसल कार २०२४ सम्म लन्च हुने
काठमाडौं –डज कम्पनी विश्वभर पावरफुल र आइकनिक कार निर्माण गर्ने चर्चित...
बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ । आगामी फेब्रुअरी २३ मा सार्वजनिक गरिने सो ह्याचब्याकलाई ‘अनर एडिसन’ भनिने छ । पहिलेको भन्दा यसमा फिचर थप हुनुका साथै मूल्य समेत कम हुनेछ ।
हालको डल्फिनमा ४५ किलोवाट आवरको एलएफपी ब्याट्री अप्सन उपलब्ध छ र यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने बताइएको छ । २०२४ अपडेटमा भने ६० किलोवाट आवरको ब्याट्री हुनेछ भने सिंगल चार्जमा ५२० किलोमिटरको रेन्ज दिनेछ ।
यसमा हुने मोटर भने पहिलेकै जस्तो हुनेछ, जसले ७० किलोवाटको पावर र १८० एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी लम्बाई, चौडाई र उचाई पनि उस्तै अर्थात क्रमशः ४१२५, १७७० र १५७० एमएम हुनेछ भने ह्विलबेस २७०० एमएम हुनेछ ।
गाडी भित्र पनि धेरै परिवर्तन हुनेछ । यसमा नयाँ टाइप–सी चार्जिङ पोर्ट र ५० वाटको वायरलेस चार्जिङ पोड हुनेछ । त्यसैगरी फ्रन्ट सिट भेन्टिलेसन सहित सिट अपग्रेड हुनेछ भने रियर प्राइवेसी ग्लास हुनेछ ।
अन्य विभिन्न फिचर र थप जानकारी भने फेब्रुअरी २३ मा सार्वजनिक गरिने छ ।
बीवाईडी डल्फिन नेपाली बजारमा पनि उपलब्ध छ । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
काठमाडौं –डज कम्पनी विश्वभर पावरफुल र आइकनिक कार निर्माण गर्ने चर्चित...
काठमाडौं– बीवाइडीले आफ्नो विद्युतिय ह्याचब्याक कार सिगललाई अपडेट गरेर...
न्यू इनर्जी भेइकलको हिस्सामा निरतरको बृद्धिले चीनलाई विश्वकै दोस्रो ठूलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...