एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

काठमाडौं - नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।

यो साझेदारीले नेपालको सबैभन्दा ठुलो र लोकप्रिय टी२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड शेयरिङ एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको छ ।

यस साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यात्रु र ड्राइभरले प्रत्यक्ष भाडा तय गर्न सक्ने मोडलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रताको मूल्यलाई प्राथमिकता दिन्छ, जुन नेपाल प्रिमियर लिगको भावना र मूल्यसँग पनि मेल खान्छ ।

नेपाल प्रिमियर लिगसँगको सहकार्य इनड्राइभका लागि ब्राण्ड भिजिबिलिटी र समुदायसँगको सम्बन्धलाई अझ बलियो पार्ने रणनीतिक कदम पनि हो । नेपालको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितासँग जोडिँदै इनड्राइभले स्थानीय पहलहरुलाई समर्थन गर्ने र समान अवसर सिर्जना गर्ने आफ्नो उद्देश्यलाई निरन्तर पूरा गर्दै आएको छ । यो साझेदारीमार्फत इनड्राइभले निष्पक्षता, पहुँचयोग्यता र समुदायको विकासमा आफ्नो प्रतिबद्धता देखाएको छ र नेपालको सबैभन्दा विश्वासिलो र लोकप्रिय राइड–हेलिङ सेवाको हैसियतमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ ।

इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भने, “नेपाल प्रिमियर लिग जस्तो नेपालको प्रतिष्ठित एवं ठुलो क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौँ । क्रिकेटले देश तथा विदेशमा छरिएर रहेका समस्त जनतालाई एकताबद्ध गर्छ र यस साझेदारीले हामीलाई त्यो अद्भुत ऊर्जा भित्र रहने मौका दिएको छ, साथै सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्छ । इनड्राइभको निष्पक्ष व्यवसाय मोडलले पारदर्शिता, स्वतन्त्रता र मूल्यमार्फत मानिसलाई सशक्त बनाउँछ, जुन क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग पूर्ण मेल खान्छ । हामी यस सिजनलाई अझ रोचक, पहुँचयोग्य र स्मरणीय बनाउने आशा गर्दैछौँ ।”

नेपाल क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले इनड्राइभलाई एनपीएल परिवारमा स्वागत गर्दै भने, “इनड्राइभलाई हाम्रो आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सहज पहुँच पुर्र्याउने बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता र खेलको भावना प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य मेल खान्छ । इनड्राइभको सहभागिताले यस सिजनको फ्यान अनुभवलाई अझ समृद्ध र उत्साहजनक बनाउनेछ भन्नेमा हामी विश्वास गर्छौं ।”

इनड्राइभ र एनपीएल बीचको साझेदारीले समुदाय–केन्द्रित कार्यक्रम, गर्व, सहकार्य र समान पहुँच प्रवद्र्धन गर्ने आफ्नो दिगो प्रतिबद्धता पुष्टि गरेको छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं–इनड्राइभले नेपालका आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त...

नेपालमा उबरको सेवा सुरु, राइड–सेयरिङ बजारमा नयाँ प्रतिस्पर्धा

नेपालमा उबरको सेवा सुरु, राइड–सेयरिङ बजारमा नयाँ प्रतिस्पर्धा

विश्व चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले नेपाली बजारमा आफ्नो सेवा...

इनड्राइभको ब्रान्ड एम्बेस्डरमा स्वस्तिमा खड्का नियुक्त, नयाँ ३६० डिग्री क्याम्पेन सुरु

इनड्राइभको ब्रान्ड एम्बेस्डरमा स्वस्तिमा खड्का नियुक्त, नयाँ ३६० डिग्री क्याम्पेन सुरु

काठमाडौं – विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...