प्रतीक्षामा यामाहा एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल
यामाहा मोटर इन्डियाले छिट्टै नै भारतमा नयाँ एफजेड–एक्स नियो–रेट्रो...
यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा आइपुगेको छ । कम्पनीले यसको डेलिभरी सुरु गरिसकेको छ र बाइक डिलरशिपमा पुग्ना बित्तिकै यसको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि हुन थालेको छ ।
यामाहाले एक्सएसआर १५५ को मूल्य १ लाख ५० हजार भारु तोकेको छ। सो मोडल रोयल इन्फिल्ड हन्टर ३५० र टीभीएस रोनिन जस्ता लोकप्रिय मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।
एक्सएसआर १५५ को प्रमुख आकर्षण यसको डिजाइन मानिन्छ। यसमा गोलो एलईडी हेडल्याम्प, स्लिक बडीवर्क, आकर्षक ट्याङ्क डिजाइन र मिनिमिलिस्ट एप्रोच समावेश छ । सेफ्टीका लागि यसमा अल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, ड्युअल च्यानल एबीएस र असिस्ट एन्ड स्लिपर क्लचजस्ता आधुनिक फिचर समावेश छ । साथै यसमा १७ इन्च अलोय ह्विल र ट्युबलेस टायर पनि समावेश गरिएको छ ।
एक्सएसआर १५५ मा १५५ सीसी लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ र भेरिएबल भल्भ एक्चुएशन प्रविधिले सुसज्जित रहेको छ । सो बाइकले १८.१ बीएचपीको पावर र १४.२ एनएमको टर्क उत्पादन गर्छ । सो बाइक शहर तथा राजमार्ग दुबैमा सहज सवारी अनुभव प्रदान गर्छ ।
यामाहा एक्सएसआर १५५ को डेलिभरी सुरु भएसँगै भारतीय बजारमा नियो–रेट्रो मोटरसाइकलप्रतिको रुचि अझ बढ्ने अनुमान गरिएको छ ।
यामाहा मोटर इन्डियाले छिट्टै नै भारतमा नयाँ एफजेड–एक्स नियो–रेट्रो...
यामाहा मोटरसाइकलले नयाँ यामाहा जोग ई इलेक्ट्रिक स्कुटर पेश गरेको छ। शहरी...
यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...