विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगर - जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले देशका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ ।

नयाँ शोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको बताइएकाे छ । ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ ।

उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधा केन्द्रमा, विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पार्ट्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ, जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा नाडा कोशीका अध्यक्ष दिल्ली राम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजित गरिएका थिए, जसले ईभीप्रेमी तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, 'विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहँदै आएको छ । यो नयाँ थ्रीएस शोरुममार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं ।'

विराटनगर शोरुमको उद्घाटनले प्रोटोन ईमासको द्रुत विस्तार रणनीतिलाई अझ बलियो बनाएको छ, जसअन्तर्गत नेपालका प्रमुख शहरहरूमा प्रिमियम इलेक्ट्रिक सवारी साधन तथा पेशेवर सेवाको पहुँच सुनिश्चित गरिएको छ ।

पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...

तीन विद्यार्थी मिलेर बनाए विद्युतीय ट्रयाक्टर

तीन विद्यार्थी मिलेर बनाए विद्युतीय ट्रयाक्टर

सर्लाही – कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय...

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

बीएमडब्ल्यु इन्डियाले भारतमा आई४ अल इलेक्ट्रिक सेडान कार लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...