सीएफमोटो बाइकमा ३५ हजार नगद छुट, फाइनान्स सुबिधा र बाली भ्रमणको अवसर
काठडमाडौं–सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले...
ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्यालीको चौथो संस्करण ‘ट्रायम्फ लिगेसी राइड : घान्द्रुक एडिसन’ कात्तिक २६ देखि २८ सम्म सफलतापूर्वक आयोजना गरेको छ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित साे राइडमा ३० जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए।
राइडको सुरुवात बुटवलको कालिकानगर–१० स्थित ट्रायम्फ शोरूमबाट भएको थियो। बिहानै इन्जिनको गर्जनसँगै राइडर्स घान्द्रुकतर्फको तीनदिने यात्रामा अघि बढेका थिए।
पहिलो दिन राइडर्स दोबन र पीपलडाँडा हुँदै पाल्पा पुगेका थिए | वालिङमा लन्च स्टप गर्दै साँझतिर राइडर्स घान्द्रुक रिसोर्ट पुगेका थिए। घान्द्रुकमा सहभागीहरूलाई गुरुङ समुदायको परम्परागत आतिथ्यसहित की वितरण समारोह, बोनफायर र बीबीक्यु कार्यक्रममार्फत स्वागत गरिएको थियो। रमणीय हिमाली वातावरणमा बिताइएको साँझले राइडलाई थप विशेष बनाएको थियो ।
दोस्रो दिन बिहान मर्निङ वाक र सांस्कृतिक पोशाकमा फोटोसेसन गरिएको थियो। त्यसपछि करिब ४५ किलोमिटरको यात्रा गर्दै साँझमा बिङ्गो र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले राइडर्सबीचको सहकार्य र मित्रता अझ प्रगाढ बनाएको थियो।
अन्तिम दिन राइडर्स धम्पुसस्थित अष्ट्रेलियन बेस क्याम्प पुगेका थिए, जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम दृश्य अवलोकन गरिएको थियो। यस यात्रामार्फत ट्रायम्फ राइडर्सले नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको गहिरो अनुभव लिँदै आन्तरिक पर्यटन र मोटरसाइकल संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएका थिए।
नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगामी दिनहरूमा यस्तै थप राइडहरू सञ्चालन गर्दै आन्तरिक पर्यटनको प्रवर्द्धन र मोटरसाइकल संस्कृतिको विकासमा योगदान पुर्याउने योजना सार्वजनिक गरेको छ।
काठडमाडौं–सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले...
पर्सा – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य...
काठमाडौं–प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले तिहार तथा छठ पर्बलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...