सवारी साधनबाट कालो धुवाँ निस्क्यो ? यस्तो हुन सक्छ कारण
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा इन्जिनमा तेल जम्ने वा अत्यधिक बाक्लो हुने समस्या देखिन सक्छ, जसले गर्दा कारमा विभिन्न समस्या देखिन थाल्छ ।
मानव शरीरको धमनीहरूमा कोलेस्ट्रोल जम्मा भई रक्त प्रवाह अवरुद्ध हुने जोखिम जस्तै, चिसो मौसममा इन्जिन आयलको चिपचिपापन बढेर इन्जिनको भागमा तेल छिटो पुग्न नसक्दा धातु आपसमा रगडिन थाल्छ । यस्तो अवस्थामा इन्जिनले अत्यधिक दबाब झेल्नुपर्छ, जसले घिसावट बढाएर इन्जिन क्षतिग्रस्त हुन सक्छ।
यद्यपि चिसोमा इन्जिन आयल बरफझैँ जम्दैन, यसको चिसोमा प्रवाह क्षमता निकै कम हुन्छ। सामान्यतः इन्जिन आयलको फ्रिजिङ पोइन्ट ३५ डिग्री सेल्सियसभन्दा तल भए पनि, चिसो बढ्दै जाँदा आयलका अणु ढिलो गतिमा सर्ने भएकाले इन्जिन स्टार्ट गर्न नै मुश्किल पर्ने स्थिति देखापर्न सक्छ। यसले स्टार्टर मोटर र ब्याट्रीमा थप तनाव पैदा गर्छ र कार एकदमै गाह्रोसँग मात्र स्टार्ट हुन्छ वा कहिलेकाहीँ स्टार्ट नै नहुन सक्छ।
यस्ता समस्याबाट बच्नका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको आफ्नो कारको इन्जिन अनुसार उपयुक्त ग्रेड प्रयोग गर्नु हो। इन्जिन आयलकाे ग्रेडमा उल्लेख हुने ‘डब्ल्यु’ ले जाडोलाई जनाउँछ र ‘डब्ल्यु’ अघि रहेको संख्या जति सानो हुन्छ, चिसोमा इन्जिन आयल त्यति नै सहज रूपमा बग्छ । सामान्य जाडो हुने क्षेत्रमा ५ डब्ल्यु-३० वा ५ डब्ल्यु-४० उपयुक्त मानिन्छ भने अत्यधिक चिसो क्षेत्रमा ० डब्ल्यु-२० वा ० डब्ल्यु-३० प्रयोग गर्न सिफारिस गरिन्छ । साथै, सधैं आफ्नो कार कम्पनीले निर्देशित गरेको इन्जिन आयल नै प्रयोग गर्नु राम्रो हुन्छ।
बिहान पहिलो पटक कार स्टार्ट गर्दा कम्तिमा १–२ मिनेट इन्जिनलाई निष्क्रिय अवस्थामा चलाएर न्यानो बनाउनुपर्छ । यसले इन्जिन आयललाई सबै भागसम्म सहज रूपमा पुग्न मद्दत गर्छ र अनावश्यक घिसावट रोक्छ । इन्जिन न्यानो नहुँदै स्पिड गति लिनु वा उच्च आरपीएममा चलाउनु कमजोरी निम्त्याउने अर्को कारण हो ।
जाडोमा इन्जिनको सही हेरचाह गरियो भने कारको इन्जिन दीर्घकालीन रूपमा स्वस्थ र शक्तिशाली रहन्छ। त्यसैले, मौसम परिवर्तनसँगै कारलाई पनि विशेष सुरक्षा आवश्यक छ ।
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
गौरादह – झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो...
काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...