वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो
पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...
काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल बिक्री गरेर चर्चामा रहेको बाइकर्स नेपालले जेडएक्स मोटो ब्रान्डको नयाँ स्पोर्ट्स मोटरसाइकल भित्र्याएको छ । हालै गैरीधारास्थित शोरुममा सजाएर राखिएको अल न्यु जेडएक्सजेसी ५००आरआर मोडलको सो स्पोर्ट्स बाइकलाई कम्पनीले थ्रिलका लागि निर्माण गरिएको स्पोर्ट्स मेसिन भनेको छ ।
यसमा ४७० सीसीको इनलाइन फोर सिलिन्डर इन्जिन रहेको छ, जसले १३,५०० आरपीएममा ८४ एचपी पावर र ११,५०० आरपीएममा ४६ एनएम टर्क जेनेरेट गर्छ । २४६ किलोमिटर प्रतिघण्टा सम्मको टप स्पिड, १६८ किलोग्रामको च्यासिस र १५ लिटरको इन्धन ट्यांकी रहेको यो मोटरसाइकलको सिटको उचाई ८०० एमएम रहेको छ ।
त्यसैगरी यो मोटरसाइकलमा एबीएस, ट्रयाक्सन कन्ट्रोल, क्विक सिफ्टर, लिन एङगल डिस्प्ले, अटो हेडलाइट सिस्टम, राइडिङ मोड, जीपीएस तथा इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ स्टेब्लाइजर र सिंगल साइडेड स्विङआर्म लगायतका विभिन्न फिचर रहेका छन् ।
नेपाली युवा राइडरहरुका लागि एड्भेन्चर र स्पोर्ट्स मोटरसाइकल बिक्री–वितरण गरिरहेको बाइकर्स नेपालले अब नयाँ मोडलको मोटरसाइकल भित्र्याएको बताएको छ । हाल यसको बुकिङ र बिक्री माग अनुसार उपलब्ध भइरहेको समेत बताइएको छ ।
औपचारिक रुपमा लन्च नभएको कारणले पनि यसको औपचारिक मूल्य कम्पनीले सार्वजनिक गरेको छैन । यद्यपि यसको मूल्य १७ लाख रुपैयाँ हाराहारी हुने बताइएको छ ।
नेपाली बजारमा विभिन्न कम्पनीका स्पोर्ट्स र एड्भेन्चर बाइकहरु उपलब्ध छन् । आगामी दिनमा जेडएक्सजेसी ५००आरआरले होन्डा, केटीएम, बीएमडब्ल्यु लगायतका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।
पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...
काठमाडौं– ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका...
काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...