३०० युनिट मात्रै उत्पादन हुने एमजी विन्डसरको नयाँ संस्करण, यस्तो छ विशेषता

एमजी मोटर इन्डियाले विन्डसर ईभीको नयाँ संस्करण ‘इन्स्पायर’ लन्च गरेको छ । ३०० युनिटमात्र उत्पादन हुने सो संस्करणको मूल्य १६ लाख ६५ हजार भारु निर्धारण गरिएको छ ।

विन्डसर इन्स्पायरमा एमजीले पर्ल ह्वाइट र स्टारी ब्ल्याक थिममा डुअल–टोन एक्सटेरियर दिएको छ । यसमा कालो ओआरभीएम, रोज गोल्ड क्ल्याडिङ, ’इन्स्पायर’ ब्याज र कालो १८ इन्चको एलोय ह्वील राखिएका छन् ।

इन्टेरियरको कुरा गर्नुपर्दा कारको हेडरेस्टमा ’इन्स्पायर’ चिन्ह, गोल्ड हाइलाइट र कालो–आउट सेन्टर कन्सोल आर्मरेस्टको साथ रातो र कालो लेदरको अपहोल्स्ट्री दिइएको छ ।

इन्स्पायर संस्करणमा विशेष रूपमा डिजाइन गरिएको एक्सेसरी प्याक समेत पाउन सकिनेछ । जसमा अगाडिको ग्रिल, बडी साइड मोल्डिङ र बम्पर कर्नर प्रोटेक्टर समावेश छन् । साथै, कारमा थ्रीडी म्याट, इन्स्पायर कुशन, पछाडिको झ्यालमा सनशेड र लेदर कि कभर लगायत विशेषता दिइएको छ ।

ड्राइभ मेट प्रो+ किट समेत पाइने यस कारमा स्काइलाइट इन्फिनिटी भ्यू ग्लास रूफ र वायरलेस इल्युमिनेटेड सिल प्लेट समेत पाउन सकिन्छ । इन्स्पायर संस्करण ९ लाख ९९ हजार भारुमा ब्याट्री–एज–ए–सर्भिस विकल्पमा समेत उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

एमजी४ ईभीलाई २०२४ को उत्कृष्ट कार उपाधि

एमजी४ ईभीलाई २०२४ को उत्कृष्ट कार उपाधि

काठमाडौं– नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल...

एमजीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ४ नयाँ कार सार्वजनिक गर्ने

एमजीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ४ नयाँ कार सार्वजनिक गर्ने

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा १७ देखि २२ जनवरीसम्म आयोजित हुँदै छ ।...

एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजीले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर ईएस५ को बिक्री शुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...