सोलिड स्टेट ब्याट्रीमा चीनले ग-यो अर्को नयाँ आविष्कार, ईभी युगमा अझै ठूलो क्रान्ति आउने

चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार गरेको छ । उक्त प्रतिष्ठानमा कार्यरत अनुसन्धान टोलीले पोलिमर अणुयुक्त उच्च ऊर्जा घनत्व भएको लचिलो ब्याट्री आविष्कार गरेको हो । सो नयाँ प्रबिधीयुक्त ब्याट्रीलाई ठूलो मात्राममा उत्पादन गर्न भने केही समय लाग्ने जनाइएको छ ।

इलेक्ट्रोलाइट चुहावटको जोखिमलाई उन्मूलन गर्दै उच्च ब्याट्री क्षमता प्रदान गर्ने कारण सोलिड स्टेट ब्याट्रीलाई विद्युतीय गतिशीलताको भविष्य मानिदै आएको छ । तथापी, ब्याट्री निर्माताहरूले यस्ता प्याकहरूको विकास प्रक्रियाको क्रममा धेरै सुरक्षा चुनौतीहरूको सामना गरिरहेका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठान १९४९ मा स्थापित सबैभन्दा ठूलो राष्ट्रिय अनुसन्धान संस्था हो । उक्त प्रतिष्ठानमा लेनोभो सहित धेरै व्यावसायिक शाखाहरू छन् । यो एक आधिकारिक अनुसन्धान केन्द्र हो, त्यसैले ब्याट्रीको क्षेत्रमा यसको पछिल्लो प्रकाशनले धेरैको ध्यान खिचेको छ ।

धातु अनुसन्धान संस्थानका अनुसार, परम्परागत सोलिड स्टेट ब्याट्रीमा इलेक्ट्रोड र इलेक्ट्रोलाइट बीचको कमजोर सोलिड–सोलिड अन्तक्र्रियाले उच्च आयन यातायात प्रतिरोध र कम दक्षता निम्त्याउँछ । त्यसैले, यसको व्यावहारिक प्रयोग सीमित छ ।

यसको ठिक विपरित लचिलो सोलिड स्टेट ब्याट्रीमा पोलिमर अणुहरू, इथोक्सी समुहहरू र इलेक्ट्रोकेमिकल तथा सल्फर चेनहरू हुने हुँदा यसले आयन यातायात र भण्डारण बीच स्विच गर्न पनि सक्षम बनाउँछ । एकीकृत पोलिमर इलेक्ट्रोलाइट भएको कम्पोजिट क्याथोडले ऊर्जा घनत्वलाई ८६ प्रतिशतसम्म बढाउन अनुमति दिएको अटोहोममा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनका धेरैजसो ईभी निर्माताले भविष्यमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा आविष्कार गरिएको नयाँ ब्याट्रीले ईभी यगमा अझै ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री...

४ मिनेट ३७ सेकेन्डमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने नयाँ प्रबिधीको सफल परिक्षण

४ मिनेट ३७ सेकेन्डमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने नयाँ प्रबिधीको सफल परिक्षण

वेलायती स्टार्ट–अप कम्पनी निओबोल्टले जम्मा ४ मिनेट ३७ सेकेन्डमै १०% देखि...

चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...