सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले भारतमा डेस्टिनी ११० लन्च गरेको छ । यसअघि १२५ सिसी इन्जिनमा मात्र उपलब्ध सो नयाँ स्कुटरको मूल्य ७२ हजार भारु निर्धारण गरिएको छ ।
स्कुटरमा क्रोम एक्सेन्टसहितको नियो–रेट्रो डिजाइन, एलईडी प्रोजेक्टर हेडल्याम्प र एच–आकारको एलईडी टेल ल्याम्प रहेको छ । मेटल बडी प्यानलमा तयार पारिएको सो नयाँ सकुटरमा १२ इन्चको एलोय ह्वील जडान गरिएको छ ।
डेस्टिनी ११० मा ७८५ मिमी लामो सिट र पिलियन ब्याकरेस्ट रहेको छ । यसमा अगाडि ग्लोभ बक्स, बुट ल्याम्प र सेमी–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ ।
११० सीसी सिंगल–सिलिन्डर इन्जिन जाडन गरिएको स्कुटरमा हिरोको आई३ एस आइडल स्टप–स्टार्ट सिस्टम पाउन सकिन्छ । डेस्टिनी १०० को पावर ८.१ बीएचपी र टर्क ८.८७ एनएम रहेको छ । स्कुटरले एक लिटर पेट्रोलको खपतमा ५६.२ किलोमिटर माइलेज दिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...