कति प्रकारका छन् इन्जिन आयल, कुन छ उत्तम ?
इन्जिन आयल कुनै पनि गाडीको लागि अति महत्वपुर्ण आयल हो । यसको काम इन्जिनलाई...
पोेखरा - नेपालमा ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने दावी गरिएको ब्रान्ड गल्फ लुब्रिकेन्ट्सको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोेखरामा ‘रिडिफाइन योर लिमिट्स’ नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ।
सो भव्य कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यावसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका संचालक समितिका सदस्यहरु र अन्य प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।
सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ। नेपाली क्रिकेटमा उदाउँदै गरेकी प्रतिभा महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को ‘बेस्ट १२’ मा स्थान बनाउन सफल हुँदै, उक्त सम्मान प्राप्त गर्ने एकमात्र एसोसिएट राष्ट्रकी खेलाडीको रूपमा इतिहास रचेकी छिन्।

कम्पनीले भनेको छ, ‘पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुनुहुन्छ । उहाँको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको छ। यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने हाम्रो विश्वास छ ।’
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि आफ्नो भावना व्यक्त गर्दै पूजा महतोले भनिन्, ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ। यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । यसले मलाई मात्र होइन, भविष्यमा अरु महिला क्रिकेटरहरूलाई पनि यस्तै अवसर मिल्ने प्रेरणा दिनेछ भन्ने आशा गर्दछु ।’
कम्पनीका एमडी तथा सीईओ एवम् नाडाका अध्यक्ष करण चौधरीले लुब्रिकेन्ट्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको र नेपाल ल्युब आयल लिमिटेडले सदैव गुणस्तर, सर्वसुलभ र पार्टनर्सहरूको सस्टेनिबिलिटीलाई ध्यान दिँदै आएकोले बजारमा गल्फ आगामी दिनमा अझ गतिशील हुन्छ भन्ने विश्वास व्यक्त गरे ।
त्यस्तै कम्पनीका चेयरम्यमान अरुण कुमार चौधरीले यस वर्षको पार्टनर्स मिटको थिमको पर्यायवाचीको रुपमा पूजा महतो रहेको र जसरी हरेक समाजिक बन्देज र सीमितताका बावजुद उनको मेहनतले आज उचाइ छोएको छ, त्यसरी नै सबै मिलेर गल्फको उचाइलाई बढाउनु पर्छ भन्ने कामना व्यक्त गरे ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।
इन्जिन आयल कुनै पनि गाडीको लागि अति महत्वपुर्ण आयल हो । यसको काम इन्जिनलाई...
काठमाडौं – पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले उत्पादन गरेका नेपाली...
काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...