हिरो मोटोकर्पद्वारा फेस्टिभ स्किम ‘हाम्रो परम्परा’ सार्वजनिक, १ लाख सम्म क्यास डिस्काउन्ट

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले बडा दशै, दिपावली तथा छटपर्वलाई लक्षित गदै ‘हाम्रो परम्परा २०८२’ स्किम सार्वजनिक गरेको छ ।

पछिल्लो समय दुईपांग्रे बजारमा आक्रामक रुपमा आफूलाई प्रस्तुत गर्दै हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरुको बिक्रीमा प्रवर्धन एवं बजार हिस्सामा आफूलाई दरिलो रुपमा अग्रसर गराउँदै नयाँ नयाँ ब्रान्ड सहित सो अफर ल्याएको बताएको छ । भाद्र १६ देखि प्रारम्भ भएको सो स्किम आगामी कार्तिक २९ गते सम्मका लागि लागु हुनेछ ।

उक्त स्किम अन्र्तगत स्योरसट डिजिटल स्क्र्याच मार्फत न्यूनतम ८ हजारदेखि ५ लाख रुपैयाँ सम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ भने एक्सचेन्जमा स्योरसट डिजिटल स्क्र्याचमा ८ हजार र थप रकम २०८२ रुपैयाँ थप गरि न्यूनतम १० हजार ८२ रुपैयाँ देखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउन सक्ने जनाइएको छ । यस स्किम मार्फत फाइन्नान्स गर्दा कुनैपनि किसिमको सर्भिस चार्ज नलाग्ने जानकारी गराइएको छ ।

हिरो मोटोकर्पले आफ्नो नवीनतम उत्पादनहरू जुम १२५ हालै नाडा अटो शो २०२५ मा सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको चाहना एवं विश्वासलाई कदर गदै विस्तारै नयाँ नयाँ ब्रान्डहरु वजारमा भित्र्याउँदै गइरहेको हिरो मोटोकर्पले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...