चर्चामा पोडवे : नेपालमा समेत सञ्चालन तयारी, तर विभिन्न कारणले अन्यौल कायम
मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको...
चाइनिज ईभी निर्माता कम्पनी लिपमोटरले आगामी दिनमा बजारमा ल्याउने नयाँ कम्प्याक्ट ईभीको टिजर सार्वजनिक गरेको छ । सो ईभीको नाम ‘लिपमोटर लाफा ५’ हुनेछ ।
अर्को साता अर्थात सेप्टेम्बर ९ देखि जर्मनीको म्युनिखमा सुरु हुने आईएए मोबिलिटी शोमा सो ईभी डेब्यु हुनेछ । युरोपेली बजारमा सो ईभीले फक्सवागन आईडी.३ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
यो भन्दा पहिले ‘बी०५’ कोड नेमबाट परिचित सो ईभी लिप ३.५ मोड्युलर आर्किटेक्चरमा बनेको अनुमान गरिएको छ, जुनमा बी१० क्रसओभर समेत बनेको छ । लिपमोटर बी१० नेपाली बजारमा समेत उपलब्ध छ । यसमा लिपमोटरको प्रचलित डिजाइन ल्यांग्वेज र टच प्रयोग गरिएको छ ।
सो ईभीमा कर्भ्ड एलईडी हेडलाइट, रिट्रयाक्टेबल डोर ह्यान्डल, स्पोर्टी रुफ स्पोइलर र सिंगल टेललाइट युनिट लगायतका फिचर छन् । टिजर इमेज अनुसार यसको रुफमा लिडार सेन्सर समेत देखिन्छ । साना कारमा नपाइने सो फिचर उपलब्ध भयो भने यो धेरै नै महत्वपूर्ण हुनेछ ।
लिपमोटर लाफा ५ को अन्य फिचरको वारेमा थाहा पाउन भने केही समय कुर्नु नै पर्नेछ ।
लिपमोटरका ईभी नेपाली बजारमा समेत उपलब्ध छन् । सांग्रिला मोटर्सले नेपाली बजारमा लिपमोटरका ईभी बिक्री–वितरण गरिरहेको छ ।
नेपाली बजारमा पहिले टी०३ र सी१० उपलब्ध छन् । हालै बी१० को समेत बुकिङ भइरहेको छ । छिट्टै नै यसको डेलिभरी समेत हुने बताइएको छ ।
मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको...
काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...
महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...