यो दशैंमा नयाँ इलेक्ट्रिक स्कुटर याडिया ओविन भित्रिने

काठमाडौं – नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपालमा चाँडै नै याडियाको अर्को मोडलको स्कुटर याडिया ओविन ल्याउने घोषणा गरेको छ ।

आधुनिक प्रविधि र आकर्षक डिजाइनको संगम भएको यो रेट्रो–मोडर्न इलेक्ट्रिक स्कुटरले नेपाली सहरका सडकमा नयाँ अनुभव दिने कम्पनीको भनाइ छ ।

इटालियन प्रेरित स्टाइलिङमा बनेको ओविनले याडियाको विश्वस्तरीय विश्वासिलो प्रविधि प्रस्तुत गर्छ। सहर भित्र सहज र वातावरणमैत्री यात्राको लागि यो स्कुटरमा शक्तिशाली २८०० वाट पिकमोटर, ७२ भोल्ट ३० एएच ब्याट्री र एक पटक चार्जमा अधिकतम १०५ किमीको रेन्ज उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

यसमा क्रुज कन्ट्रोल र रिभर्स मोडजस्ता आधुनिक सुविधाहरू दिइएकोछ, जसले दैनिक यात्रालाई अझ सहज र आरामदायी बनाउँछ।

प्रत्येक याडिया उत्पादन झैं, ओविनसँग पनि ३ वर्ष वा ५० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुनेछ । यसले दीर्घकालीन विश्वसनीयता सुनिश्चित गर्छ।

याडिया ओविन केवल स्कुटर मात्र नभई, स्टाइलिस र दिगो मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व समेत भएको र यो सजिलो, आत्मविश्वासी र रमाइलो यात्राको लागि उपयुक्त भएको समेत कुजु नेपालले जनाएको छ ।

आगामी दशैमा नेपालभर रहेका कुजु नेपालको डिलरमा सो स्कुटर उपलब्ध हुने र औपचारिक लन्च समेत त्यही समयमा हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

काठमाडौं– साउन २१ गते काठमाडौंमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी...

प्रिमियम ईभी ब्रान्ड भोयाको थप शेयर स्वामित्व अब डोङफेङसँग, नियन्त्रण थप मजबुत

प्रिमियम ईभी ब्रान्ड भोयाको थप शेयर स्वामित्व अब डोङफेङसँग, नियन्त्रण थप मजबुत

डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड...

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...