एमजी हेक्टर हक भारतमा सार्वजनिक हुँदै
एमजी मोटर इन्डियाले आफ्नो नयाँ हेक्टर हक अगस्ट २८ मा सार्वजनिक गर्ने तयारी...
एमजीले आफ्नो लोकप्रिय विद्युतीय ह्याचब्याक कार एमजी४ को नयाँ भर्सन लन्च गरेको छ । चीनमा जारी चेङ्दु अटो शो २०२५ मा कम्पनीले अल न्यू एमजी४ आधिकारिक रूपमा लन्च गरेको हो ।
५ वटा ट्रिममा उपलब्ध हुने यस नयाँ कारको सुरुवाती मूल्य ९ हजार ५६० डलर निर्धारण गरिएको छ । जवकी सेमी सोलिड स्टेट ब्याट्री जडित ट्रिमलाई १४ हजार २९० अमेरिकी डलर पर्ने जनाइएको छ ।
एसएआईसीको ई३ आर्किटेक्चरमा निर्मित एमजी४ मा ४२.८ र ५३.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक पाउन सकिन्छ । एकपटकको सिंगल चार्जमा ५३० किलोमिटरसम्मको सिएलटीसी रेन्ज दिने यस ईभीलाई २० मिनेटमा ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नयाँ एमजी४ को बाहिरी भागमा नयाँ प्रोजेक्टर हेडलाइटहरू, सेग्मेन्टेड हनीकोम्ब ग्रिल र सार्प फ्रन्ट कर्नरसहितको साइड एयर डक्ट तथा एमजीको उज्यालो लोगो पाउन सकिन्छ । यो कारको लम्बाइ ४३९५ मिमी, चौडाइ १८४२ मिमी र उचाइ १५५१ मिमी तथा ह्वीलबेस २७५० मिमी छ ।
कारको इन्टेरियरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिनको प्रभुत्व भएपनि केही बटनहरू समेत राखिएको छ । ट्रिम अनुसार यसमा १०.२५ इन्च, १२.८ इन्च १५.६ इन्चको डिस्प्ले पाउन सकिन्छ । क्वालकम स्न्यापड्रागन ८१५५ चिप जडान गरिएको यस ईभीमा एमजी एक्स र ओप्पो स्मार्ट जस्ता कनेक्टिभिटी सिस्टम प्रयोग गर्न सकिन्छ ।
नयाँ एमजी४ को टप स्पेक ट्रिममा १२ वटा अल्ट्रासोनिक रडार, चार वटा ३६०–डिग्री सराउन्ड भ्यू क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामेरा जस्ता फिचर दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...