बीवाईडी एम६ को नेपाली बजार मूल्य घोषणा, छिट्टै बिक्री शुरु हुने
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
काठमाडौं - नेपालमै सबैभन्दा मनपर्ने र सांस्कृतिक रुपमा गहिरो ठाउँ जमाएको परिकार हो मःम। नेपालीहरूको दैनिकी, रमाइलो, साथीभाइको भेटघाटदेखि विशेष अवसरसम्म “मःम” सधैं जोडिएको पाइन्छ। यही लोकप्रियतालाई सम्मान गर्दै, एक जना चिनियाँ व्यवसायीले आफ्ना इलेक्ट्रिक स्कुटरलाई नै “मःम ईभी” नाम दिएका छन्।
हो, यही मःम ईभी अहिले नेपाली बजारमा उपलब्ध भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित मःम ईभीको शोरुम शुभारम्भ भएकाे छ । मःम ईभी प्रालिले यी स्कुटर बिक्रीका लागि उपलब्ध गराएको हो । हाल मःम ईभीका विभिन्न चार मोडल बिक्रीका लागि उपलब्ध छन् । यी स्कुटर हाल शोरुममा डिस्प्ले गरिएका छन् ।
विभिन्न चार मोडल मध्ये सबैभन्दा सस्तो मोडलको मूल्य १ लाख ८९ हजार तोकिएको छ भने सबैभन्दा महंगो मोडलको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाल प्रारम्भिक रुपमा छुट मूल्यमा यी स्कुटर उपलब्ध गराइएको हो ।

विभिन्न मोडल मध्ये सी१० मा १५ सय वाटको रेटेड मोटर पावर छ भने ३५ सय वाटको पिक मोटर पावर छ । यसमा भएको ७६.८ भोल्टको लिथियम ब्याट्रीले सिंगल चार्जमा १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
त्यसैगरी बी०९ मा २ हजार वाटको रेटेड मोटर पावर छ भने ४२ सय वाटको पिक मोटर पावर छ । ई९५ मा ३ हजार वाटको रेटेड मोटर पावर छ भने ५६ सय वाटको पिक मोटर पावर छ । यी सबैमा भएको ७६.८ भोल्टको लिथियम ब्याट्रीले सिंगल चार्जमा १२० किलोमिटर र २०० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

रेड एनआईयू प्रो प्लसमा ५५ सय वाटको रेटेड मोटर पावर छ भने ७ हजार वाटको पिक मोटर पावर छ । ई९५ मा भएको ७६.८ भोल्टको लिथियम ब्याट्रीले सिंगल चार्जमा १७० किलोमिटर सम्मको रेन्ज दिन्छ । यी सबैमा ३ वर्षको मोटर र ब्याट्री वारेन्टी उपलब्ध हुनेछ ।
डेढ घण्टामै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने यी इलेक्ट्रिक स्कुटर नेपाली बजारकै लागि भनेर विशेष रुपमा डिजाइन र विकास गरिएको कम्पनीको भनाइ छ । बिक्री र बिक्री पछिको सेवाका साथै एसेसरिज समेत सहज रुपमा उपलब्ध हुने बताइएको छ ।
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी...
जाडो मौसममा विद्युतीय कारलाई राम्रो अवस्थामा राख्न विशेष ध्यान दिनु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...