भारतको पहिलो डी प्लस एसयूभी एमजी म्याजेस्टर नाइमा एक्सपोमा सार्वजनिक, १५ लाख ५० हजार फाइदा हुने
काठमाडौं नेपालका लागि जेएसडब्लु एमजी मोटरको आधिकारिक वितरक जीओ...
एमजीले दुई वर्षमा विश्वव्यापी रूपमा १३ नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ । यो खबर ब्रान्डका महाप्रबन्धक चेन कुईले सेयर गरेका हुन् । ‘यसमा विभिन्न प्रकारका ब्याट्री इलेक्ट्रिक भेइकल, रेन्ज एक्सटेन्डर र प्लग–इन हाइब्रिडहरू समावेश हुनेछन्’ उनले बताए ।
एसएआईसीको स्वामित्वमा रहेको एमजीले न्यू ईनर्जी भेइकल(एनईभी) को विकासमा १० अर्ब युआन (१.४ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना समेत बनाएको छ । नयाँ उत्पादन मूल्यमा मात्रै केन्द्रित नभई प्रबिधी र नवप्रवर्ततनको उत्कृष्ट नमुना हुने जनाइएको छ । जसका लागि कम्पनीले ओप्पो र सेमी–सोलिड स्टेट ब्याट्री टेकसँग सहकार्य अघि बढाइसकेको छ ।
एमजीका पेट्रोलबाट चल्ने कारहरूको चीनमा बलियो माग छ, तर ब्रान्डले सक्रिय रूपमा एनईभी साधनको विकासमा काम गर्ने योजना अघि सारेको छ । जसका लागी उसले आफ्नो प्यारेन्ट कम्पनी एसएआईसीकोे प्रविधि र आपूर्ति शृङ्खलाहरू प्रयोग गर्ने तयारी गरेको छ ।
विश्वव्यापी रूपमा अग्रणी चिनियाँ नयाँ ऊर्जा ब्रान्ड बन्ने लक्ष्य राखेको एमजीले आफ्नो लोककप्रिय ह्याचब्याक कार एमजी४ को नयाँ संस्करणलाई भोली २९ अगष्टमा लन्च गर्ने तयारी गरेको छ । जुन ब्रान्डको नयाँ रणनीतिसँग मिल्दोजुल्दो पहिलो उत्पादन हुने उल्लेख गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...