भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलर र कर्मचारी सम्मानित

काठमाडौं– ‘भिडोल’ र ‘नेपाल गोल्ड’ लुब्रिकेन्टको उत्पादक युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले आफ्नो दोस्रो डिलर मिट सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित होटल लेमन ट्रि प्रिमयरमा आयोजित डिलर मिटमा देशभरका ४२ डिलरका सञ्चालक तथा प्रतिनिधि सहभागी थिए । कम्पनीले यस कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने डिलर तथा कर्मचारीलाई सम्मानसमेत गरेको छ ।

डिलर मिटमा कम्पनीले गत वर्षको कार्यसम्पादनको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि नयाँ योजनाहरूमाथि विस्तृत छलफल गरेको छ । कम्पनीका नायव महाप्रबन्धक दिनेश खनालले यस किसिमका कार्यक्रमले कम्पनी र डिलरबीचको सम्बन्ध अझै मजबुत बनाउने बताए । ‘डिलरसँगको समन्वय र सहकार्यले नै कम्पनीलाई बजारमा अगाडि बढ्न सहयोग पुगेको छ,’ उनले भने, ‘देशभरका सबै डिलरहरुको उत्कृट कार्यसम्पादनले नै हामीलाई सफल बनाएको छ ।’

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले छोटो समयमै भिडोल (अन्तर्राष्ट्रिय ब्रान्ड) र नेपाल गोल्ड (नेपाली ब्रान्ड) नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको बताए । उनले यस सफलताको श्रेय देशभरका डिलरहरूको अथक प्रयास र ग्राहकको विश्वासलाई दिए । आगामी दिनमा पनि कम्पनीले आफ्ना उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगर्ने र ग्राहकका लागि नवीनतम उत्पादनहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरे ।

उत्कृष्ट डिलरलाई सम्मान
कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने डिलरलाई विदेश भ्रमणको प्याकेजसहित सम्मान गरेको छ । भिडोलतर्फ घिमिरे सप्लायर्स (बिर्तामोड) प्रथम हुँदै ३ रात ४ दिनको सिंगापुर भ्रमणको प्याकेज जितेको छ । यस सप्लायर्सका सञ्चालक राजीव घिमिरेले आफूले पाएको सफलताप्रति खुसी व्यक्त गरे ।

शिखरलिंक ट्रेडिङ (केशर थापा मगर, सञ्चालक) दोस्रो भएको छ । उनले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् । तेस्रो स्थान हासिल गर्ने सिर्जना अटो सर्भिस (दिपेन्द्र कुमार चौधरी, सञ्चालक) धरान ले ४ दिन ३ रातको पोखरा भ्रमणको प्याकेज पाएको छ ।

नेपाल गोल्ड ब्रान्डतर्फ पनि उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । पहिलो स्थान हासिल गर्ने के.एन. ल्युब सप्लायर्स (निलम काफ्ले, सञ्चालक), इटहरीले सिंगापुर भ्रमणको प्याकेज पाएको छ । दोस्रो स्थानमा दयाल मोटर्स पार्टस एन्ड सप्लायर्स (सुरत दयाल, सञ्चालक), मिर्चैयाले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको छ । तेस्रो स्थान अशोक ट्रेड सेन्टर (अशोक बोहोरा, सञ्चालक), धनगढीले जितेको छ । सञ्चालक बोहोराले पोखरा भ्रमणको प्याकेज जितेका छन् ।

उत्कृष्ट डिलरहरूको सफलताले कम्पनीलाई नयाँ ऊर्जा दिएको र आगामी दिनमा अझ ठूला लक्ष्य हासिल गर्न प्रोत्साहन मिलेको कम्पनीका प्रवन्ध निर्देशक मिश्रले बताए ।

उत्कृष्ट कर्मचारीलाई सम्मान
कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । भिडोलतर्फ सुशील ताम्राकार र नेपाल गोल्डतर्फ शेख हुसेनलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरिएको छ ।

सम्मानले कर्मचारीको मनोबल बढाउने र कम्पनीको प्रगतिमा उनीहरूको योगदानलाई कदर गर्ने कम्पनीले जनाएको छ । कार्यक्रमको समापनपछि सबै सहभागीले आगामी वर्षमा कम्पनीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचारहरू

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...

भिडोल लुब्रिकेन्ट्सको ‘टेक्निकल एण्ड सेल्स ट्रेनिङ’ सम्पन्न

भिडोल लुब्रिकेन्ट्सको ‘टेक्निकल एण्ड सेल्स ट्रेनिङ’ सम्पन्न

काठमाडौं–यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजको आयोजना र भिडोल कर्पोरेशन...

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...