यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी
हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो...
काठमाडौं–नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली इन्जिनमा आएको छ । नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिएको सो एक्सपल्स २१० बाइकको मूल्य भने सार्वजनिक भएको छैन ।
हालको एक्सपल्स २०० भन्दा बढी एड्भेन्चर फिल हुनेगरी यसको डिजाइन गरिएको छ । साथै, इन्जिन समेत केही ठूलो भएका कारण यसले दिने पावर र पर्फमेन्स समेत उच्च रहेको छ । एक्सपल्स २१० को सिट हाइट समेत केही अग्लो छ भने तौल १० केजी बढि छ । इन्जिन ठूलो भएका कारण यसले दिने माइलेजमा भने केही कमी हुनेछ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकि दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
यस मोटरसाइकलमा स्वीचएबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो...
काठमाडौं – हिरोको नेपाली बजारमा रहेको लोकप्रिय एड्भेन्चर मोटरसाइकल...
हिरो मोटोकर्पको लोकप्रिय अफरोडर बाइक एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...