जिलीको नेपालमा कुनै आधिकारिक वितरक नभएको कम्पनीको दावी, जगदम्बा मोटर्ससँगको सहकार्य निरन्तर

काठमाडौं – नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स र प्रोटोन मलेसियाले नेपालको इलेक्ट्रिक मोबिलिटीतर्फको भविष्यका लागि अझै प्रतिबद्ध भएर सहकार्यमा लाग्ने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली बजारमा मलेसियाको पहिलो स्थानीय रुपमा विकास गरिएको ईभी प्रोटोन ईमास ७ भित्र्याए पश्चात यो यात्रा अझै फराकिलो बनेको र आगामी दिनमा यो सहकार्य अझै बढ्ने दुवै कम्पनीको भनाइ छ ।

एक विज्ञप्ति सार्वजनिक गर्दै जगदम्बा मोटर्सले सो सहकार्य निरन्तर रहेको र प्रोटोन तथा जिली दुवै कम्पनीसँग जगदम्बा मोटर्सको सहकार्य रहेको बताइएको छ । प्रोटोन र जिलीका गाडीको नेपालका लागि सेल्स, सर्भिसिङ र वारेन्टी उपलब्ध गराउने एक मात्र आधिकारिक कम्पनी समेत आफूहरु भएको जगदम्बा मोटर्सले स्पष्ट पारेको छ ।

प्रोटोन इन्टरनेसनल कर्पोरेसनका चिफ एक्जिक्युटिभ अफिसर एडमन्ड लिम मेङले सन् २०१८ देखि नै दुवै कम्पनी बिच सहकार्य रहेको र नेपालमा हालै प्रोटोन ईमास ७ भित्रिए पश्चात सो सहकार्य अझै बलियो बनेको बताए । यसका साथै नेपालमा जिली ब्रान्डको सवारी साधनका लागि कुनै आधिकारिक वितरक नियुक्त नगरेको समेत उनले बताए ।

नेपालमा सन् २०१८ को नोभेम्बर देखि प्रोटोन र जगदम्बा मोटर्स बिच सहकार्य प्रारम्भ भएको थियो । त्यो समय पश्चात नेपाली बजारमा प्रोटोनका सवारी साधन भित्रिएका थिए । गत मार्च महिनामा नेपालमा प्रोटोन ईमास ७ लन्च भएको थियो ।

जगदम्बा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले समेत प्रोटोनसँगको सहकार्य डिष्ट्रिब्युटरको रुपमा मात्र नरहेको र नेपाली ग्राहकलाई उपयुक्त ईभी उपलब्ध गराउने एक प्रतिबद्धता समेत भएको बताए ।

हाल नेपालमा प्रोटोनका ३ शोरुम र सर्भिस सेन्टर छन् भने सन् २०२५ को अन्त्य सम्म १२ पुग्ने कम्पनीको भनाइ छ । यसका साथै प्रोटोनका जेन्युइन स्पेयर पार्ट्स, प्रोटोन र जिली सर्टिफाइड टेक्निसियन, एड्भान्स्ड डायग्नोस्टिक टुल्स र अन्य वारेन्टी तथा ग्राहक सेवासँग सम्बन्धित विभिन्न सेवा रहेका छन् ।

सम्बन्धित समाचारहरू

सीएटीएलले ल्यायो १० मिनेट चार्ज गर्दा ६०० किमी गुड्ने नयाँ ब्याट्री

सीएटीएलले ल्यायो १० मिनेट चार्ज गर्दा ६०० किमी गुड्ने नयाँ ब्याट्री

काठमाडौं– विश्वको अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलले नयाँ ब्याट्री...

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा

४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा

नेपाली बजारमा पहिलो पटक विश्व प्रसिद्ध इटालियन ब्रान्ड इनर्जिकाका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...