जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकम्पद्वारा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न
काठमाडौं – टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं–विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएलले ब्याट्री रिपेयर सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्टर मार्केट ब्राण्ड ‘निङ सर्भिस’ का नाममा नयाँ कम्पनी खोलेर यस्तो सेवा सुरु गरेको हो ।
न्यू इनर्जी भेइकलको बिक्रीले गति लिन थालेपछि निङ सर्भिसले निकै कम मूल्यमा ब्याट्री मर्मत गर्न सेवा सुचारु गरेको हो । जसअनुसार, ब्याट्री फेर्दा लाग्ने खर्चको एकदमै कम हिस्सामा यसको मर्मत गर्न सकिन्छ । जसका लागि सीएटीएलले १० वर्षअघि स्थापना भएको निङ सर्भिसलाई ब्याट्री मर्मत सम्भार गर्ने एक स्वतन्त्र र डेडिकेटेड कम्पनीका रुपमा अघि बढाएको छ ।
निङ सर्भिसका अनुसार ईभीमा रहेको ब्याट्री फेर्न १० हजार डलर लाग्छ भने मर्मत गर्न केबल १ हजार ३०० देखि २ हजार ७०० डलरसम्म पर्छ । कम्पनीले अहिलेलाई सीएटीएलले बनाएको ब्याट्री प्याकमा मात्रै सेवा उपलब्ध गराउने छ ।
निङ सर्भिसको विश्वका ७५ देशमा ११०० वटा सर्भिस आउटलेट छ । कम्पनीको चीनमा मात्रै ८०० भन्दा बढी यस्ता सर्भिस सेन्टर सञ्चालनमा छन् । यो कम्पनीको मुख्य काम ब्याट्री परीक्षण र मेन्टिनेन्स गर्नु हो ।
काठमाडौं – टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
गर्मीको मौसममा इलेक्ट्रिक कारको ब्याट्रीमा असर पर्न सक्ने भएकाले विशेष...
चांगानको हेडक्वार्टर रहेको चोङकिङस्थित ल्याबमा एउटा ब्याट्रीमाथि यति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...