१५ दिनमै नयाँ एमजी४ ले पायो २६ हजार युनिट अर्डर, उत्पादन बृद्धि गर्ने घोषणा
एमजीले हालै लन्च गरेको नयाँ कार एमजी४ ले १५ दिनमै २६ हजार युनिट अर्डर...
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा एमजीले वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक गरेको छ ।
नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सपो अवधिमा मात्र लागू हुने गरी सो अफर सार्वजनिक गरेको हो ।
साउन २५ गतेसम्म, हल ए (स्टल ए १ र ए ३ ) र हल बी (स्टल एच ३) मा रहेका एमजी र आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्ने छन् । यी अफरहरू एमजी ४ ईभी, एमजी एस५ ईभी, विन्डसर ईभी, कमेट ईभी र भविष्यको प्रविधि समेटिएको एमजी आइएम ६ जस्ता चर्चित मोडलहरूमा उपलब्ध छन्।
४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइने जस्ता आकषर््ाक सुविधाहरु यसमा छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर भएको कम्पनीको भनाइ छ ।
“यो एक्स्पो गाडीहरू देखाउन मात्र होइन, ग्राहकहरूलाई स्मार्ट र ग्रीन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,” पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले भने, “हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरमार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौं।”
उत्साहजनक सहभागिता र प्रतिक्रियासँगै, एक्स्पोमा एमजीको उपस्थितिले ब्रान्डप्रतिको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनप्रतिका सोचलाई प्रस्ट पारेको कम्पनीको भनाइ छ।
एमजीले हालै लन्च गरेको नयाँ कार एमजी४ ले १५ दिनमै २६ हजार युनिट अर्डर...
एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...
काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...