लिपमोटर बी१० मोबिलिटी एक्सपोमा सार्वजनिक, स्मार्ट इलेक्ट्रिक मोबिलिटीको ‘पर्फेक्ट १०’

काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० लाई औपचारिक रुपमा सार्वजनिक गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सो गाडी औपचारिक रूपमा सार्वजनिक गरिएको हो । गत साता आयोजित विशेष ‘स्निक प्रिभ्यू’ कार्यक्रमपछि यो पहिलो पटक सबै समक्ष मूल्य र डिजाइन सहितको सम्पूर्ण अनावरण गरिएको हो।

४९ लाख ९९ हजार सुरुवाती मूल्यमा उपलब्ध लिपमोटर बी१० ले उत्कृष्ट प्रदर्शन, प्रविधि र सुरक्षाको संयोजन अत्यन्त प्रतिस्पर्धी मूल्यमा ल्याएको छ, जसले गर्दा यो नेपालका लागि सबैभन्दा आकर्षक इलेक्ट्रिक सवारी विकल्पहरूमध्ये एक बनेको छ।

आधुनिक शहरी मोबिलिटीका लागि डिजाइन गरिएको लिपमोटर बी१० मा १६० किलोवाटको मोटर रहेको छ जसमा लाइफ भेरिएन्टमा ५६.२ किलोवाटको ब्याट्री र ३८० किलोमिटरको डब्लुएलटीपी रेन्ज रहेको छ भने डिजाइन भेरिएन्टले सिंगल चार्जमा ४६० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ ।

सार्वजनिक कार्यक्रममा सांग्रिला मोटर्स प्रा.लि. का निर्देशक हेमन्त गोल्छाले भने, ‘लिपमोटर बी१० सँग हामी नेपाली उपभोक्ताहरूलाई यस्तो सवारी प्रस्तुत गर्दैछौं, जसले प्रदर्शन, सुरक्षा, शैली र मूल्यको सन्तुलन प्रदान गर्छ। यो केवल इलेक्ट्रिक गाडी मात्र नभएर, यो नेपाली सडकका लागि तयार गरिएको स्मार्ट मोबिलिटी समाधान हो।’

साउन २५ गते सम्म चल्ने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आगन्तुकहरूले लिपमोटर बी१० लाई नजिकबाट अवलोकन गर्न र अनुभव लिन सक्नेछन्। साथै, बी१० को बुकिङ हालैदेखि सांग्रिला मोटर्स प्रालिका शोरूमहरू तथा देशभरका साझेदार बिक्री केन्द्रहरूमा खुला गरिएको कम्पनीको भनाइ छ।

लिपमोटर बी१० को नेपाली बजारमा प्रवेशसँगै, गोल्छा अर्गनिजेसनले आफ्नो विद्युतीय सवारी साधनको पोर्टपफोलियो अझ विस्तार गरेको छ। यसले प्युजो र सिट्रोनसँगै अब लिपमोटरलाई समेत समावेश गरी दिगो, नवप्रवर्तनशील र बौद्धिक मोबिलिटीप्रति आफ्नो प्रतिबद्धता झनै मजबुत बनाएको बताएको छ।

सम्बन्धित समाचारहरू

चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा...

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...