कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने
कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न...
किया इन्डियाले आफ्नो नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभीको भारतभर बुकिङ खुला गरेको छ । सो नयाँ ईभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार भारु तोकेर बुकिङ लिन थालिएको हो । ग्राहकले २५ हजार भारु भुक्तानी गरेर क्लाभिस ईभी बुक गर्न सक्नेछन् ।
क्यारेन्स क्लाभिस ईभीको डिजाइन, विशेषता र रेन्जबारे विवरण पहिले नै सार्वजनिक भइसकेको छ । कियाको सो नयाँ इलेक्ट्रिक मोडलले बीवाईडी ईम्याक्स ७, हुन्डाई क्रेटा ईभी र टाटा ह्यारियर ईभीसँग कडा प्रतिस्पर्धा गर्नेछ ।
नयाँ क्यारेन्स क्लाभिस ईभीको डिजाइन हालै लन्च गरिएको यसको आईसीई भेरिएन्टसँग मिल्दोजुल्दो छ । कारको अगाडि ट्रयांगुलर एलईडी हेडलाइट, एल आकारको डीआरएल र बीचमा जोडिने एलईडी लाइट बार दिइएको छ । यद्यपि आईसीई मोडलको तुलनामा केही बाह्य र आन्तरिक डिजाइनमा परिमार्जन गरिएको छ ।
क्यारेन्स क्लाभिसको इन्टेरियरमा ड्युअल टोन ड्यासबोर्ड, सिट अपहोल्स्ट्री, १२.३ इनचको ड्युअल स्क्रिन, टु स्पोक स्टेयरिङ ह्विल, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ प्याड, रूफ माउन्ट गरिएको रियर एसी भेन्ट, प्यानोरामिक सनरुफका साथै लेभल–२ एडास लगायत फिचर उपलब्ध छ ।
क्यारेन्स क्लाभिसमा कियाले हुन्डाई क्रेटा ईभीकै पावरट्रेनलाई निरन्तरता दिएको छ । जसअनुसार, सो नयाँ ईभीमा पनि ४२ र ५१.४ किलोवाट आवरको ब्याट्री प्याक अप्सन पाउन सकिन्छ । फ्रन्ट एक्सलमा सिंगल मोटर माउन्ट गरिएको यस ईभीले ४९० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने पावर १६९ बीएचपी र टर्क २५५ एनएम छ ।
भारतीय बजारमा औपचारिक लन्च भएर बिक्री प्रारम्भ भएपश्चात कियाको सो नयाँ ईभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ । क्रेटा ईभीकै पावरट्रेनमा आउने हुँदा यसको मूल्य पनि सोही ईभीकै हाराहारीमा तय हुने अनुमान गर्न सकिन्छ ।
कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न...
किया मोटर्सले भारतीय बजारका लागि आफ्नो नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस...
किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...