बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

विश्व प्रसिद्ध चिनियाँ अटोमोटिभ ब्रान्ड बीवाईडी इटालीको प्रसिद्ध फुटबल क्लब इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर बनेको छ ।

यो सम्झौता अटोमोबाइल र फुटबल क्षेत्रबीचको सबैभन्दा महत्वपूर्ण सहकार्यहरूमध्ये एक हो । यसले विश्वस्तरीय संस्थाहरूलाई एउटै दृष्टिकोणले एकताबद्ध गरेको बताइएको छ । भावनालाई यथार्थमा रूपान्तरण गर्नु, प्रतिभाको प्रवद्र्धन गर्नु, आ–आफ्नो क्षेत्रमा नेतृत्वको लागि प्रयास गर्नु, उत्कृष्टताको खोजी गर्नु र भविष्यप्रतिको नवीन र अगुवाइ गर्ने सोचलाई आत्मसात गर्नु यसको मुख्य उद्देश्य भएको बताइएको छ ।

इन्टर मिलानका विश्वभर ५३ करोड ३० लाख भन्दा बढी समर्थक छन् । पछिल्ला पाँच वर्षमा समर्थक वृद्धिको आधारमा विश्व फुटबल क्लबहरूमा यो दोस्रो स्थानमा पर्छ।

बीवाईडीको हेटक्वाटर रहेको चीनमा क्लबका १५ करोड फ्यान रहेका छन् भने बीवाईडीको मुख्य बजार दक्षिण अमेरिकामा ९ करोड बढी फ्यान रहेका छन् ।

बीवाईडी ग्रुपले इन्टर मिलानको मुख्य व्यवस्थापन, प्राविधिक टोली र खेलाडीहरूका लागि करिब ७० वटा सवारी साधन उपलब्ध गराउनेछ । यस अनुसार फुटबल टोलीले बीवाईडीका अत्याधुनिक इलेक्ट्रिक र सुपर प्लग–इन हाइब्रिड प्रविधिहरूको अनुभव लिन पाउनेछन्, जहाँ आराम र दिगोपनको अद्वितीय संयोजन प्रस्तुत गरिनेछ ।

सुरुवातमा, इन्टर मिलानलाई विशेष संस्करणको बीवाईडी सिलायन ७ प्रदान गरिनेछ, जुन ब्रान्डको फ्ल्यागसिप मोडल हो । यो सवारी साधनलाई क्लबको रङ र भावना झल्कनेगरी त्यसै अनुसार डिजाइन गरिनेछ । यही विशेष संस्करण सीमित मात्रामा इन्टर मिलान समर्थकहरूका लागि पनि उपलब्ध गराइनेछ, जसले गर्दा उनीहरूले आफ्नो मनपर्ने टिमको रङमा सजिएको सवारी साधनको अनुभव लिन सक्नेछन् । आगामी केही दिनमै बीवाईडीले विश्वभरका इन्टर मिलान समर्थकहरुका लागि स्पेसल सवारी साधन समेत किन्न र भाडामा लिन सकिने गरी स्किम सार्वजनिक गर्ने बताएको छ ।

बीवाईडी हाल विश्वमै अग्रणी चिनियाँ ईभी ब्रान्ड हो । सन् २०२४ मा बीवाईडीले अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशत बढी अर्थात ४२ लाख भन्दा बढी सवारी साधन बिक्री गरेको थियो । यस वर्षको पहिलो ६ महिनामै पनि बीवाईडीले २० लाख भन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

निजी क्षेत्रसंगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने : राष्ट्रपति भण्डारी

निजी क्षेत्रसंगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतिय सवारीसाधनको प्रवद्र्धनका...

७० लाख हाराहारी मूल्यमा ईभी खोज्नेका लागि उत्कृष्ट तीन विकल्प

७० लाख हाराहारी मूल्यमा ईभी खोज्नेका लागि उत्कृष्ट तीन विकल्प

नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका सवारी साधन मध्ये अलि बढी मूल्य अर्थात...

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...